wrestling ADS 20-21 chaitra

पोखरामा आजदेखि राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिता

पोखरामा आजदेखि शुरु हुने दोश्रो राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।बिहिवार पत्रकार सम्मेलनमा राष्ट्रिय खेलकुद परिषद्की सदस्य नेपाल रिङ रेस्लिङ संघकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी गराएकी हुन । श्रेष्ठले भनिन–“देशका उत्कृष्ट रेस्लर (2nd RW NATIONAL CHAMPIONSHIP 2021) दोश्रो राष्ट्रिय रिङ रेस्लिङ्ग प्रतियोगितामा सहभागिता जनाउन पोखरा आई सकेकाछन् । हामी सम्पूर्ण पक्षको तयारी पुरा गरेर प्रतियोगिताको उद्घाटन समापनलाई उत्कृष्ट र भब्यता दिन लागि परेका छौं ।”

पोखरा रगंशालाको बहुउद्धेश्यिय कभर्डहलमा आयोजना हुने प्रतियोगितामा नुवाकोटे टाईगर, थागु, द यूव, डेभिड, साईन, टुप्पी ग्याङ, एक्स हिरो, सोफी, दिलाशा, चट्टान, लेडी एञ्जल, किङ रोवर्ट, तन्नु, सिजे, यूविएल, एससी, हुम्ली फाइटर, योगी, जोन लगायत महिला तथा पुरुष खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको उपाधि बिजेताले नगद १ लाख सहित च्याम्पियन वेल्ट तथा उपविजेताले नगद ५० हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिता संयोजक समेत रहेकी श्रेष्ठले जानकारी दिईन् ।

 

नेपाल रिङ रेस्लिङ संघले पर्यटकिय नगरी पोखरामा २०७३ सालमा पहिलो संस्करण गरेको स्मरण गराउदै भनिन् २०७४ सालमा हामीले नेपाल भारत मैत्रिपुर्ण खेल र अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेको जानकारी गराईन् । उनले राष्ट्रिय खेलकुद परिषद, गण्डकी प्रदेश सरकार, पोखरा महानगर पालिका लगायतको सहयोग रहेका प्रतियोगिताको अनुमानित बजेट २९ लाख रहेको श्रेष्ठले बताईन् ।

 

पत्रकार सम्मेलनमा राखेपका कार्यकारी सदस्य यकेन्द्र कुवँर, राखेप सदस्य राजेश गुरुङलगायतले खेलको सफलताको कामना गरेका थिए ।“हामीले नेपालमा रिङ रेस्लिङ खेलको विकास तथा विस्तारका लागि खेलाडीको उत्पादन सँगै निरन्तर रुपमा तालिमको ब्यबस्थापन गर्न रिङ रेस्लिङ्ग एकेडेमीकोे स्थापना समेत गरेका छौं”–श्रेष्ठले भनिन् । हाल एकेडेमीमा नेपालका चर्चित रेस्लर नुवाकोटे टाइगर (कमल तामाङ्ग)ले नियमित रुपमा खेलाडीहरुलाई प्रशिक्षण दिइरहेका छन् । संघले खेलाडीलाई अन्तर्राष्ट्रियस्तरको प्रशिक्षण दिने व्यवस्था समेत गरेको र खेलाडीलाई विदेशमा समेत सहभागी गराउँदै आएका श्रेष्ठले जनाईन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...