युनाईटेड ईदि मर्दि एण्ड आर.वि.हाईड्रोपावर लिमिटेडको साधारण सभा

पोखरा, चैत २० गते । युनाईटेड ईदि मर्दि एण्ड आर.वि.हाईड्रोपावर लिमिटेड, माथिल्लो मर्दि खोला जलविद्युत आयोजना, पोखराको ११ औं वार्षिक साधारण सभा शुक्रबार पोखरामा सम्पन्न भएको छ । साधारण सभाले हाइड्रोपावर सञ्चालक समितिका अध्यक्ष प्रकाश केसीले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ । वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै अध्यक्ष केसीले कम्पनीको अधिकृत पूँजी ६० करोड र जारी पूँजी ४२ करोड तथा चुक्तापूँजी ४२ करोड भएको जानकारी दिनुभयो ।

कम्पनीले मर्दि खोलाको पानी उपयोग गरि ७ मेघावाट क्षमताको मर्दि खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गत सालको असोजदेखि राष्ट्रिय ग्रिडमा विद्युत प्रवाह गर्न सफल भएको केसीले जनाउनुभयो ।

यसअघि माछापुच्छ्रे गाउँपालिकाका समाजसेवी दलबहादुर गुरुङ्गले एक समारोहका विच साधारण सभाको उद्घाटन गर्नुभएको थियो । साधारण सभाको उद्घाटन गर्दै गुरुङ्गले आफ्नैं गाउँमा बनेको हाइड्रो कम्पनीले नेपाल सरकारको ‘सुखि नेपाली, समृद्ध नेपालको’ नारा पुरा गर्न सहयोगी हुने अपेक्षा व्यक्त गर्नुभयो । उहाँले बगेर गएको खोलानालाबाट बत्ति निकाल्न सके मुलुक छिट्ट समृद्धिको यात्रामा अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । यस्ता योजना सफल पार्न स्थानियहरुले पनि सहयोग गर्नुपर्नेमा उहाँले जोड थियो ।

हाइड्रोपावर संचालक किरण केसीले यसका संस्थापक आफ्ना स्वर्गिय पिता सूर्यबहादुर केसीलाई स्मरण गर्दै उहाँको एउटा सपना साकारतर्फ अघि बढेको बताउनुभयो । ‘उहाँमा एउटा दूरदर्शिता थियो, हाइड्रो, बैकिङ्ग क्षेत्र, उद्योगमा पछिसम्मको सम्भावना देख्न सक्ने हुनुहुन्थ्यो, अहिले उहाँ नभएपनि उहाँको सोंचलाई जिवन्त राख्न आफुले भरपुर कोशिष गर्ने सञ्चालक केसीले बताउनुभयो ।

अर्का सञ्चालक सुनिल नारायण श्रेष्ठले हाइड्रोमा सम्भावना र चुनौती दुवै भएको बताउँदै तर निरन्तर लागिरहे सफलता हाँसिल हुने बताउनुभयो । साधारण सभामा शुभकामना मन्तव्य राख्दै माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ९ का वडाध्यक्ष दुर्गाबहादुर क्षेत्रीले कुनैबेला आफैलाई मर्दिखोलाबाट बिजुली निस्किन्छ र जस्तो लाग्ने गरेको बताउनुभयो । ‘तर गरेपछि हुँदो रहेछ, यसले गाउँलाई समृद्धीको बाटोतर्फ लगेको छ’– उहाँले भन्नुभयो ।

यसैविच साधारण सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट किशोरी कार्कीलाई सञ्चालक समितिको सदस्यमा मनोनयन गरेको छ । कम्पनीका सचिव निरज पौडेलले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा हाईड्रोपावर लिमिटेडका प्रबन्ध निर्देशक रोशन केसी, सञ्चालक विश्व प्रकाश गौतम, हाईड्रोका शेयरधनी तथा साधारण सदस्यहरुको उपस्थिती रहेको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...