wrestling ADS 20-21 chaitra

गण्डकी प्रदेशमा दुई जनाको मृत्यु

मुस्ताङ: मानिस मृत्यु

मिति २०७७।१२।२० गते, अन्दाजी १०:३० बजेको समयमा जिल्ला मुस्ताङ घरपझोङ गाँउपालिका-३ स्याङ स्थित बेनि जोमसोम सडक खण्डको सडकको साईडको वाल उठाउनको लागि मिक्सर मेसिनमा सिमेन्ट बालुवा राख्ने क्रममा जिल्ला म्याग्दी मंगला गाँउपालिका-४ बस्ने वर्ष २० को लाल बहादुर रोका भन्ने (सुन्दर रोका) अचानक सोही मेसिनमा बेरिन गइ निजको घटनास्थलमानै मृत्यु भएको,घटनास्तलमा प्रहरि टोलि खटि गई घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ ।

म्याग्दी: मानिस मृत्यु

मिति २०७७।१२।१७ गते अन्दाजी १७:०० बजे जिल्ला म्याग्दीरघुगंगा गाँपालिका-३ पिप्ले बस्ने वर्ष ५५ को ज्ञानेन्द्र बहादुर घर्ति ना ६ त २२०१ नं.को ट्याक्टरमा मल लगी आफ्नै बारीमा खन्याउने क्रममा ट्याक्टरको ढालाले लागि घाईते भई उपचारको लागि बेनी अस्पताल म्याग्दीमा लगिएकोमा तत्काल मिति २०७७।१२।१९ गते उपचारको क्रममा मृत्यु, उक्त ट्याक्टर चालक ऐ. रघुगंगा गाँउपालिका-३ बस्ने वर्ष २५ को देउविर परियारलाईप्रहरीले नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ ।

बागलुङ: मानिस घाईते

मिति २०७७।१२।१९ गते, अन्दाजी १५:१५ बजे, जिल्ला बागलुङ बडिगाड गाँउपालिका-२ बस्ने लाल बहादुर रानाको छोरा वर्ष ३१ को मित्र रानाकोमाछा मार्ने बम बनाउने क्रममा अचानक बिस्फोटनको कारणपाल्पा प्रभास अस्पतालमाउपचारको क्रममा मृत्यु भएको र  जिल्ला गुल्मी मुसिकोट नगरपालिका-१ घर भई जिल्ला बागलुङ बडिगाड गाँउपालिका-२ सिमलचौर दुर्गा बहादुर भुजेलको घरमा डेरा गरी बस्ने नरेन्द्र पुनको छोरा वर्ष अन्दाजी २७ को अरुण कुमार पुन घाईते भई पाल्पा प्रभास अस्पतालमाउपचार भईरहेको,अवस्था सिरियस,घटनास्थलमा प्रहरी टोलि खटि गई घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ ।

म्याग्दी: मानिस घाईते

मिति २०७७।१२।२० गते, अन्दाजी ११:१५ बजे, जिल्ला म्याग्दी मंगला गाँउपालिका-३ ज्यामिरे स्थितमा ध १ त ३७३ नम्बरको ट्याक्टर सडकबाट अन्दाजी १५।२० मिटर तल दुर्घटना हुँदा जिल्ला सल्यान घर भई हाल बाटोको लेबर काम गर्ने वर्ष अन्दाजी २२।२३ को शिव कुमार नेपाली भाग्ने क्रममा अचानक सडकबाट अन्दाजी १४।१५ मिटर तल खस्न जाँदा घाईते भई बेनी अस्पताल म्याग्दीमा उपचारको भईरहेको, अवस्था मध्यम, घटनास्थलमा प्रहरी टोलि खटि गई घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ ।

 

नवलपरासी पूर्व: लागुऔषध सहित मानिस नियन्त्रणमा

मिति २०७७।१२।२० गते, अन्दाजी ००:४५ बजे, जिल्ला नवलपरासी(पुर्व) गैडाकोट नगरपलिका-१ मा खटिएको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा जिल्ला नवलपरासि(पुर्व) गैडाकोट नगरपालिका-२ बस्ने वर्ष ३१ को रमेश लामाको साथबाट NITRAVET-10 ट्याब्लेट थान-१२० फेला पारी निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।

 

म्याग्दी: सवारी दुर्घटना

मिति २०७७।१२।२० गते, अन्दाजि  ०९:१५ बजे, जिल्ला म्याग्दी अन्नपुर्ण गाँउपालिका-६ धिरच्याङ स्थितमा निर्माणाधिन म्याग्दी हाईड्रो पावरको खनेको माटो ब्याक गरी फाल्ने क्रममा साउथ एसियन ईन्फाईस्ट्रक्चर प्राईभेट लिमिटेडको बा२क ८२९५ नं.को टिपर अं.२०।२५ मिटर तल कालिगण्डकी नदिको किनारमा खस्न गई दुर्घटना हुँदा टिपर चालक जिल्ला मकवानपुर टिस्टुङ गाउँपालिका-६ घर भएको वर्ष ५५ को जोक्कर गोले घाईते भई बेनी अस्पताल म्याग्दीतर्फ पठाईएको,अवस्था मध्यम घटनास्थलमा प्रहरी टोलि खटि गईघटनाको विषयमा थप अनुसन्धान भई रहेको छ।

नवलपरासी पूर्व:सवारी दुर्घटना

मिति २०७७।१२।२० गते, अन्दाजि ०७:३५ बजे, जिल्ला नवलपरासी पुर्व मध्यबिन्दु नगरपालिका-३ चौडाहा चोकमा ग्यास सिलिण्डर बोकेको ना ५ च २८९२ नं.को गाडीले ब्याक गर्ने क्रममा पैदलयात्री ऐ.२ बस्ने वर्ष अन्दाजि७५ को ललिराम गुरौँलाई ठक्कर दिँदा घाईते भईउपचारको लागि मध्यबिन्दु जिल्ला अस्पताल डण्डा पठाईएको, अवस्था मध्यम, घटनास्थलमा प्रहरी टोलि खटि गई घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...