सृजना मा.वि.मा शिक्षक उत्प्रेरणा कार्यक्रम

पोखरा, चैत २० गते ।पोखरा–८, सृजनाचोकमा अवस्थित सृजना आवासीय मा.वि.ले यही चेत्र २० गते शुक्रबारका दिन शिक्षक उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको छ । शिक्षकहरूको पेशागत दक्षता अभिवृद्धि गराउने उद्देश्यका साथ जीवन विज्ञान एवम् खुसी विज्ञानसँग सम्बन्धित विषयमा एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।

जीवन विज्ञान गण्डकी प्रदेशका संयोजक शंकर पोखरेलले कार्यक्रममा सहजकर्ताको भूमिका निर्वाह गर्नुभएको थियो । विद्यालयका प्रचार्य डोलराज पाण्डेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विद्यालयका सम्पूर्ण शिक्षक शिक्षिकाहरूको सक्रिय सहभागिता रहेको थियो । प्राचार्य डोलराज पाण्डेले समग्रमा कार्यक्रम फलदायी एवम उत्साहपूर्ण रूपमा सम्पन्न भएको उल्लेख गर्दै कार्यक्रममा सिकेका ज्ञान, सिप र प्रविधिलाई व्यवहारिक जीवन तथा पठनपाठनको कार्यमा लागु गर्नुपर्ने कुरामा जोड दिनुभएको कुरा विद्यालयले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...