काँग्रेसले सरकार गठनको पहल गर्ने

ललितपुर, चैत २१ गते । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने गरी अग्रसरताको पहल लिने निर्णय गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको जानकारी नेताहरूले दिनुभएको छ ।


पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले नेकपा (एमाले)का अध्यक्षसमेत रहनुभएका काँग्रेसको नेतृत्वमा सरकार गठनको पहल र प्रधानमन्त्री ओलीको राजीनामा माग गर्ने निर्णय भएको जानकारी दिनुभयो । साँझ अबेरसम्म बसेको बैठकमा १० जना नेताले आफ्नो धारणा राख्नुभएको जानकारी दिँदै उहाँले बैठक जारी रहेकाले निर्णयको पूर्ण विवरण पछि आउने बताउनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...