छाेरेपाटनमा युवा संघ नेपालको टाेल कमिटी गठन

पाेखरा ।एमालेको युवा संगठन युवा संघ नेपालले कास्की जिल्लाकाे वडा नं १७ छाेरेपाटनमा अवस्थित पुलचाेक टाेल सुधार समितिमा टाेल स्तरिय युवा कमिटी गठन गरिएको छ ।शुक्रबार सम्पन्न युवा भेलाले पाेखरा महानगरपालिका वडा नं. १७ छाेरेपाटनमा रहेकाे पुलचाेक टाेल कमिटीमा २४ सदस्यीय गठन गरिएको हो ।

वडा नं १७ मा करिब २१ टाेल कमिटी रहेकाेमा साेहि कमिटी मार्फत टाेल स्तरिय युवा कमिटी गठन गरेकाे छ । जसमा अध्यक्षमा लक्ष्मण बि.क, उपाध्यक्ष सुशान्त बि.क,सचिव विशाल बि.क, सहसचिव सुजन विक, काेषाध्यक्ष सुनिल बिक, सहकाेषाध्यक्ष राजेश बिक चयन भएका छन् । त्यस्तै सदस्यहरुमा विशाल अाले, रूपा तामाङ, सम्झना थापा, विष्णु रिमाल, राजकुमार थापा, केदार बि.क, संजय लामा, विजय बि.क, प्रविन बि.क, सुजित श्रेष्ठ, बद्री बि.क, मनिषा परियार, डि.बी तामाङ र सुजन बि.क चयन भएका छन । साेही युवा कमिटीमा सल्लाहकारका रूपमा सुनिता बि.क, विमल बि.क, निर्मल दर्जी र केदार बि.कलाई चयन गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथी राष्ट्रिय युवा संघका केन्द्रीय सचिव महेन्द्र गुरूङ रहेको कार्यक्रममा एमाले वडा नं १७ का अध्यक्ष सुवास ढुंगाना,स्थाई कमिटी सदस्य बिकास अधिकारी, अनेरास्ववियु जिल्ला कमिटी सहसंयाेजक सन्ताेष पाेख्रेल,अनेरास्ववियु जिल्ला कमिटी सदस्य विनय पराजुली, युवा संघ वडा नं १७ काेषाध्यक्ष राजु सुनार, पुलचाेक अामा समुहका अध्यक्ष गिता खड्का लगायत स्थानीय युवाहरुको उपस्थित रहेको कार्यक्रमको सहजीकरण राष्ट्रिय युवा संघ नेपाल पाेखरा १७ का संयाेजक संयाेजक सिबीन्द्रराज भण्डारीले गर्नु भएको थियो । भने साे कमिटी गठन कार्यक्रमकाे संचालन युवा संघ नेपाल वडा नं १७ का सचिव प्राणनाथ पाैडेलले गर्नुभएको थियाे ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...