wrestling ADS 20-21 chaitra

आहा रारा गोल्डकप सुरु, आयोजक बाहिरियो,एपिएफ सेमिफाइनलमा

पोखरा, चैत २१ गते । सशस्त्र प्रहरी एपिएफ क्लबको विजयसंगै १९ औँ संस्करणको आहा रारा गोल्डकप प्रतियोगिता सुरु भएको छ । पोखरा रंगशालाको फुटबल मैदानमा शनिबार भएको उ्दघाटन खेलमा सशस्त्र प्रहरीको(एपिएफ) क्लबले आयोजना सहारा क्लबलाई १–० गोलको जित निकाल्दै आहा राराको सेमिफाइनल यात्रा पक्का बनायो । आयोजक सहाराले ८७ औँ मिनेटमा लय गुमाएपछि पहिलो खेलबाटै आहा राराको १९ औ संस्करणबाट बाहिरियो । आहा राराको उद्घाटनमा यी दुईको दोस्रो भेट हो ।

तस्विर अशेष शाक्य ।

सशस्त्र प्रहरी बल बागमती गोल्डकपको हारको पीडालाई बिर्साउदै सेमिफाईनलमा प्रवेश गर्ने पहिलो टोली बन्यो । पहिलो हाफ गोलरहित खेलेको सहाराले दोश्रो हाफको तीन मिनेट सम्हालिन नसक्दा गोल खान पुग्यो । ८७ औं मिनेटमा आशिष लामाको निर्णायक गोलमा एपीएफले सहारालाई १–० पाखा लगाउदै जित आत्मसात गर्यो । प्रदीप लामाले डिबक्सभित्र मिलाईदिएको अवसरलाई आशिष हानेको दायाँ प्रहार सिधै जालीका सम्पर्कमा पुगेपछि एपिएफलाई जितका लागि काफी भयो । प्रतियोगिताको पहिलो खेल दुबै टिमले अपेक्षाकृत खेल्न सकेनन् ।

पहिलो हाफ सहाराले बल माथिको नियन्त्रण राख्न सफल भएपनि आक्रामक प्रहार गर्न सकेन् भने एपिएफले पाएका केही अवसरलाई सदुपयोग गर्न चुक्यो । २९ औ मिनेटमा श्याम नेपालीको क्रस पासलाई डिफेण्डर राजन गुरुङको हेडर फष्टबारमा लागेर फर्किन पुग्यो । उदघाटन खेलमा एपीएफका आशिष लामा म्यान अफ दि म्याच घोषित हुनुभयो । आईतबार दोश्रो खेल मछिन्द्र क्लब र अफ्रिकन रुट एशोसियसन बीच हुने छ । चैत २८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टोलीले १० लाख १ हजार तथा उपविजेताले ५ लाख १ हजारसहित ट्रफी पुरस्कार प्राप्त गर्नेछन ।यसैगरी यस वर्षदेखि राजनीतिज्ञ एवं उद्योगपति सूर्यबहादुर केसीको स्मृतिमा प्रतियोगिताका उत्कृष्ट गोलकिपर, डिफेण्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई जनही २५ हजार नगदसहित पुरस्कृत गरिने क्लबका सहारा क्लबका अध्यक्ष केशबहादुर थापाले जानकारी दिनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...