wrestling ADS 20-21 chaitra

भुकदेउराली नमुना सामुदायिक होमस्टेमा सचेतना कार्यक्रम

पोखरा चैत २१ गते ।पर्यटन ब्यवसायी महिला संघ नेपाल (टेवान) को आयोजना तथा नेपाल पर्यटन बोर्डको प्रवर्दनमा मोदी गाउँपालिका वडा नम्वर ५ स्थित भुक देउराली नमुना सामुदायिक होमस्टे (घरवास) संचालकलाई सचेतना कार्यक्रम सम्पन्न भएको छ ।


दिगो पर्यटनका लागि समान सहभागिता भन्ने मुलनाराका साथ आयोजित सचेतना कार्यक्रमको उदघाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य माननीय ललितकला गुरुङ्गले आफना ऐतिहासिक बस्तुको संरक्षण र प्रवद्र्धन गर्नका लागि आफुले पहल गर्ने बताउनुभयो । साथै उहाँले नमुना होम स्टे बनाउँनका लागि गाउँका युवा तथा आमादाजुभाई लागेकोमा खुसी व्यक्त गर्नुभयो । पोखराबाट त्यति नजिक भएर पनि जति प्रचार हुनुपर्ने त्यति गर्न नसकेकोमा उहाँले आफुले यसका लागि भोलीका दिनमा पहल गर्ने बताउनुभयो ।

 

कार्यक्रममा संस्थाका सल्लाहकार तथा पर्यटनविद् श्रीकान्त खतिवडाले भुक देउरालीलाई नमुना गाउँको रुपमा विकास गर्नका लागि थुपै्र सम्भावना भएको हुँदा त्यसलाई सार्थकता दिन त्यहिका स्थानीय लाग्नुपर्ने बताउनुभयो । घरवास कार्यक्रमले खाने र खुवाउने मात्र नभएर त्यसले त्यहाँको कला संस्कृति, सभ्यताको जगेर्ना गर्नुका साथै रोजगार समेत उपलब्ध गराउने हुँदा युवा पुस्ताले यो अवसरको सदुपयोग गर्न सुझाव दिनुभयो ।

कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष लक्की कार्की क्षेत्रीले भुकका होमस्टे संचालकहरुले धेरै राम्रो गरिसकेको भएपनि अझै त्यसलाई बिधि प्रक्रिया, पर्यटकका रुची, होमस्टे संचालकले ध्यान पु¥याउनु पर्ने कुरा, सरसफाई, स्थानीय उत्पादनको महत्व, कला संस्कृतिको प्रभाव लगायतका विषयमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले विकासको नाममा मोटरबाटो मात्र पर्यटक विकासको मेरुदण्ड नभएको बताउँदै उहाँले त्यहाँको पहिचान, पुरानो संस्कार संस्कृति रहनसहन लाई जोगाउन तिर पहल गर्नुपर्ने बताउनुभयो । मोदी गाउँपालिका वडा नम्वर १ का अध्यक्ष भुलबहादुर पौडेलले वडा नम्वर १ मा ४ वटा होमस्टे रहेको र त्यसको प्रवद्र्धनका लागि स्थानीय सरकारको तर्फबाट आफुहरु लागि परेको बताउनुभयो । रेडियो सफलताका प्रवन्ध निर्देशक दुर्गा अधिकारीले होमस्टेमा स्थानीय उत्पादनबाट अतिथिको सत्कार गर्नुपर्ने बताउँदै त्यस स्थानको प्रचारप्रसार गर्न आफ्नो साथ रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा भुक देउराली होमस्टे संचालक समितिका अध्यक्ष टेकबहादुर गुरुङ्गले होमस्टे संचालन गर्दाको अहिलेको अवस्था, त्यस ठाउँको सम्भावना र समस्याका बारेमा जानकारी गराउनुभएको थियो । साथै उहाँले आफुहरुले स्थानीय उत्पादनबाटै अतिथिको सत्कार गर्ने प्रयास गरेको बताउनुभयो ।

संस्थाका अध्यक्ष रेणु थापा मगरले ओजेलमा परेको होमस्टेको प्रवद्र्धनका लागि आफ्नो संस्थाले भुकदेउरालीलाई रोजेको बताउनुभयो । उक्त होमस्टेमा हामेस्टे सम्वन्धी सचेतना कार्यक्रम मात्र नभएर प्रर्वद्धन समेत गर्ने उदेश्य रहेकोले पोखराबाट करिव ३० जना पर्यटन व्यवसायी महिला समेत सहभागी भएको बताउनुभयो ।

पर्यटन ब्यवसायी महिला संघ नेपालका अध्यक्ष रेनु थापा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन महासचिव शोभा पाण्डेले गर्नुभएको भने स्वागत मनतव्य कार्यक्रम संयोजक कमला गुरुङ्गले गर्नुभएको थियो ।२०७५ सालबाट संचालनमा आएको भुक देउराली नमुना सामुदायिक होमस्टे पोखराबाट ५२ किलोमिटरको दुरीमा पर्दछ । होमस्टेमा ६० जना अतिथि राख्न सक्ने व्यवस्था रहेको छ । कार्यक्रममा सहजकर्ताको रुपमा पर्यटनविद् श्रीकान्त खतिवडा र संस्थाका संस्थापक वरिष्ठ पर्यटन व्यवसायी लक्की क्षेत्री कार्की रहनुभएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...