खेलकुद मन्त्री लामालाई हप्किदो संघद्धारा वधाइ तथा स्वागत

पोखरा, चैत २१ गते ।नेपाल मार्सल आर्ट हप्किदो संघ गण्डकी प्रदेश पोखराले युवा तथा खेलकुख मन्त्री दावा लामालाई स्वागत तथा बधाइ ज्ञापन गरेको छ । खेलकुद कार्यक्रमका लागि पोखरा आइपुगेका मन्त्री लामालाई हप्किदो संघले बधाई सहित स्वागत गरेको हो ।

उक्त अवसरमा वोल्दै मन्त्री लामाले पर्यटकीय शहर पोखरा पर्यटन संगै खेलकुदको शहर बन्ने वताएका छन । पोखरामा रंगशाला निर्माण भइरहदा यहां पछिल्लो समय विभिन्न खेलकुदका गतिविधीहरु समेत वढ्दै गइरहेकालेपनि पोखरा खेलकुदको राजधानी हुनेमा आफु ढुक्क रहेको वताए ।

पछिल्लो समय नेपालमा भित्रिएको मार्सल आर्ट हप्किदो खेल प्रदेश र जिल्ला तहमा पनि पुगेकाले यसले पनि खेलकुदको गतिविधी स्थानिय तह सम्म पुगेको आभाष भएको वताउदै आगामी दिनमा खेलकुद क्षेत्रमा सरकारले समेत सहयोग गर्ने वताए ।

खेलकुदमन्त्री वनेपछि पहिलोपटक पोखरा आइपुगेका मन्त्री लामालाई स्वागत गर्दै हप्किदो संघका प्रदेशका अध्यक्ष एम बी आस्था मगरले सवै खेललाई मन्त्रालयले समान ब्यवहार गर्नुपर्ने तर्फ मन्त्री लामालाई ध्यानाकर्षण गराएका थिए । सो अवसरमा वोल्दै संघका उपाध्यक्ष तारामाया थापा मगरले नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा हप्किदो खेललाई पनि समावेश गर्नुपर्ने वताइन ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...