चीनको सडक दुर्घटनामा ११ जनाको मृत्यु

बेइजिङ, २२ चैत , चीनको पूर्वी क्षेत्रमा यात्रुबाहक बस र ट्याक्टर  एकआपसमा जुधेर भएको दुर्घटनामा कम्तीमा ११ जनाको मृत्यु भएको छ । आइतबार बिहान चीको जियाङ्सु प्रान्तमा भएको उक्त दुर्घटनामा अरु १९ जना घाइते भएका छन् ।

उक्त दुर्घटना शेनयाङ–हाइकाओ राजमार्गमा भएको प्रहरीले जनाएको छ । तिब्र गतिमा रहेको ट्रक अनियन्त्रित भई सडकको बीचको बार भत्काएर अर्कोतर्फबाट आइरहेको बसमा ठोक्किएको थियो । घाइतेहरुलाई नजिकका अस्पतालहरुमा भर्ना गरिएको छ ।

प्रारम्भिक अनुसन्धानमा यात्रुवाहक बस शाङ्घाईबाट गुयानयुन काउन्टीतर्फ गइरहेको थियो । चीनमा यतिखेर मानिसहरु छुट्टी मनाउन घरगाउँतर्फ जाने गरेका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...