धोका दिएको शंकामा प्रेमिकाले प्रेमीको गुप्तांग काटेर ट्वाइलेटमा बगाइदिइन्

काठमाडौं। धोका दिएको शंकामा एक महिलाले आफ्ना प्रेमीको गुप्तांग काटेर ट्वाइलेटमा बगाइदिएकी छिन् । काटिएको गुप्तांग चाँडै र सुरक्षित भेटिएमा डाक्टरहरुले जोड्न सक्ने आशंकाले उनले गुप्तांगलाई ट्वाइलेटमा बगाइदिएको बताइएको छ । ताइवानका यी पीडित पुरुष ५२ वर्षका हुवांग नाम गरेका व्यक्ति हुन् र उनको ३ जना छोराछोरी पनि छन् । हुवांग सुतिरहेको बेला पारेर उनकी प्रेमिकाले उनको गुप्तांग काटिदिएकी थिइन् ।

ताइपेइ टाइम्सका अनुसार यी दुवैले आफ्ना पहिलेका पार्टनरसँग सम्बन्धविच्छेद गरेका थिए । ४० वर्षकी यी महिला विगत १० महिनादेखि हुवांगको साथमा थिइन् । उनले आफ्ना यसअघिका पतिको तर्फबाट ताइवानको नागरिकता पनि लिएकी छिन् । छिमेकीहरुका अनुसार यो जोडीको घरबाट झगडाको आवाज आइरहन्थ्यो । हुवांगका केही महिला साथीहरु पनि छन् र तीमध्ये केही महिलासँग उनको नजिकको सम्बन्ध छ । यही कारण उनकी गर्लफ्रेण्डले निकै शंका गर्थिन् र उनीहरुबीच झगडा भइरहन्थ्यो ।

एक प्रत्यक्षदर्शीले स्थानीय मिडियासँग कुरा गर्दै बताएअनुसार गुप्तांग काटिएपछि पनि हुवांग हिँड्न भने सक्ने अवस्थामा थिए । हुवांगको धेरै रगत बगेको थियो र उनलाई नजिकको अस्पतालमा भर्ना गरिएको छ । डाक्टरहरुका अनुसार हुवांगको गुप्तांगको डेढ सेन्टिमिटर भाग काटिएको छ । हुवांगकी गर्लफ्रेण्डले किचनमा प्रयोग हुने कैंचीले उनको गुप्तांग काटेकी थिइन् ।

त्यसपछि उनी आधा रातमा पुलिस स्टेशन गएर घटनाको बारेमा सबै बताएकी थिइन् । फुंग नामकी ती महिलाले डाक्टरले काटिएको भाग जोड्न नसकुन् भनेर फ्लश गरिदिएको बताएकी छिन् । डाक्टरका अनुसार हुवांगको धेरै रगत बगिरहेकोले रोक्नको लागि तत्काल अपरेशन गर्नुपरेको थियो । उनी अहिले खानपिन गरिरहेका छन् तर अहिले पनि दुखाइ कायमै छ । अब उनले शारीरिक सम्बन्ध राख्न भने सक्ने छैनन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...