ज्योति लाइफको आईपीओ नेप्सेमा सूचीकृत

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको साधारण सेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले हालैमात्र निस्कासन गरेको दुई करोड २० लाख कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत गरिएको हो ।
हाल प्रतिसेयर नेटवर्थ १२० रुपैयाँ रहेको कम्पनीले दोस्रो बजारमा पहिलो कारोबारका लागि न्यूनतम १२० रुपैयाँदेखि अधिकतम ३६० रुपैयाँ सम्मको कारोबार रेन्ज पाएको छ ।

कम्पनीले हालैमात्र सर्वसाधारणका लागि ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आईपीओ निष्काशन गरेको थियो भने संस्थाका कर्मचारी र सामूहिक लगानी कोषलाई ५९ लाख ४० हजार कित्ता सेयर छुट्याएर बाँकी ५ लाख ९४ हजार सेयर सर्वसाधारणलाई बाँडिएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...