धेरै टूथपेस्टले दाँत बिगार्छ, होश गर्नुस्

बिहान बेलुका दाँत माझ्न सिकाइन्छ तर कति टूथपेस्ट लिने भन्ने विषयका बारेमा बाल्यकालमा कसैले केही भनेको थियो त ?

अमेरिकास्थित सेन्टर फर डिजीज कन्ट्रोल यान्ड प्रिभेन्सनको एक अध्ययनअनुसार, तीनदेखि ६ वर्षसम्मका बच्चालाई ब्रशमा मटरको दाना जति टूथपेस्ट हाल्नुपर्छ ।

दन्तमञ्जनको अधिक मात्राले बच्चाको दाँतलाई हानि गर्न सक्छ ।

शुक्रवार जारी अध्ययनअनुसार, लगभग ४० प्रतिशत अभिभावक आफ्ना सन्तानलाई निर्धारित मात्राभन्दा बढी टूथपेस्ट दिन्छन् । दाँत उम्रिने बेला भएका बच्चालाई कम टूथपेस्ट दिनुपर्छ किनकि अधिक मात्रामा टूथपेस्ट दिँदा उनीहरूलाई डेन्टल फ्लुओरोसिस हुन सक्छ ।

यो अध्ययन १७ सय बालबालिकामाझ गरिएको थियो ।

अमेरिकन डेन्टल एसोसिएसनको वेबसाइट अनुसार, यसको ठूलो कारण भनेको टूथपेस्टमा फ्लुओराइड हुन्छ र त्यसले दाँतलाई ब्याक्टेरियाबाट सुरक्षित राख्छ । तर यसको अधिक मात्राले दाँतको माथिल्लो पत्रलाई खियाइदिन्छ ।
साना बच्चाका लागि टूथपेस्टको कम प्रयोग गर्ने सल्लाह किनकि टूथपेस्ट बाहेक पानी पनि फ्लोराइडको एक स्रोत हो । दाँतमा त्यसले पनि असर पार्छ ।

अध्ययनअनुसार, फ्लोरिससको असर दाँत पलाइरहेका बच्चाको दाँतमा मात्र पर्छ । यसले दन्त स्वास्थ्यमा पूरै असर त पार्दैन तर फ्लोराइडको मात्रा नियन्त्रित नगर्दा दाँतको रंग खुइलिन्छ । यसको अत्यधिक मात्राले दाँतको बनावटमा पनि असर पार्छ ।

दन्तचिकित्सक भन्छन्, ‘दिनको दुईचोटि दाँत माझ्नु जरूरी छ । पहिलो दाँत आउनेबित्तिकै बच्चाको दाँत सफा गर्न थाल्नुपर्छ । प्रायः ६ महिनामा पहिलो दाँत आउँछ तर त्यतिखेर ब्रश गराउन सकिएन भने मुलायम सूती कपडाले दाँत सफा गर्नुपर्छ ।’

धेरै मानिसमा दाँतको एउटा न एउटा समस्या हुन्छ । यी तीन सूत्रलाई पालना गरेमा दाँतलाई स्वस्थ राख्न सकिन्छ ः

हरेक दिन आफ्नो मुख र दाँतको अवस्था आफैं जाँच्ने । दन्तचिकित्सककहाँ नियमित जाने । सरसफाइ र पौष्टिकतामा ध्यान दिने ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...