थप २९८ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि

देशभर पछिल्लो २४ घण्टामा थप २९८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय चार हजार १०० जनाको स्वास्थ्य परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

काठमाडौँ उपत्यकामा पछिल्लो समय १६३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । मन्त्रालयका अनुसार काठमाडौँमा ९८, ललितपुरमा २६, भक्तपुरमा १३, चितवनमा ३७ र कास्कीमा १९ जना रहेका छन् । आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ७८ हजार ७६८ पुगेको छ ।

त्यस्तै पछिल्लो समय थप ७४ जना निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ७३ हजार ५२९ रहेको छ । निको हुने दर भने ९८ दशमलव १ प्रतिशत रहेको छ । अहिले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार २०१ रहेको छ । उनीहरुमध्ये ६५ जना क्वारेन्टिनमा रहेका छन् भने अन्य आइसोलेशनमा रहेका छन् ।

हालसम्म नेपालमा २२ लाख ९८ हजार १६७ को पिसिआर परीक्षण भएको छ । त्यस्तै तीन हजार ३८ जनाले कोरोनाका कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा एक जना र पहिले नै मृत्यु भएका दुई जनाको आज कोरोनाबाट मृत्यु भएको पुष्टि गरिएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...