wrestling ADS 20-21 chaitra

नेपाल पत्रकार महासङ्घ राससको अध्यक्षमा गुरागाइँ

नेपाल पत्रकार महासङ्घ राष्ट्रिय समाचार समिति (रासस )को अध्यक्षमा पवित्रा गुरागाइँ निर्वाचित हुनुभएको छ । महासङ्घको आज सम्पन्न २६औँ महाधिवेशन तथा निर्वाचनमा गुरागाइँको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । उपाध्यक्षमा अच्युत रेग्मी, महिला उपाध्यक्षमा मोहिनी रिसाल, सचिवमा छविलाल कुमाल, सहसचिवमा रोशा बस्नेत, सहसचिव ९समावेशीमा शर्मिला पाठक र कोषाध्यक्षमा दिलीप अधिकारी निर्वाचित हुनुभएको छ ।

यस्तै सदस्यमा कृष्णप्रसाद सापकोटा, गीता पराजुली र रेशमा शाक्य निर्वाचित हुनुभएको छ । महासङ्घको केन्द्रीय परिषद् सदस्यमा दिलीपप्रसाद शर्मा चयन हुनुभएको छ । निर्वाचित पदाधिकारी तथा सदस्यलाई आज प्रमाणपत्र वितरण समारोहमा राससका महाप्रबन्धक ओपेन्द्र शर्माले देशभर पत्रकार महासङ्घको निर्वाचन भइरहेको अवस्थामा राससभित्र सर्वसम्मत महिला नेतृत्व चयन गरेर उदाहरणीय काम प्रस्तुत गरेको बताउनुभयो । उहाँले नयाँ कार्यसमितिले राससभित्रका श्रमजीवी पत्रकारको पक्षमा आवाज उठाउने र राससलाई अग्रणी समाचार संस्थाका रुपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रमुख निर्वाचन अधिकृत राजु शाक्यले आगामी दिनमा सफल ढङ्गले कार्यसम्पादन गर्न नयाँ कार्यसमितिलाई आग्रह गर्नुभयो । महासङ्घका केन्द्रीय प्रतिनिधि एकराज पाठकले नेपाल पत्रकार महासङ्घको नयाँ व्यवस्थानुसार नयाँ कार्यसमिति आएको भन्दै कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...