नेप्सेमा सामान्य गिरावट, कारोबार भने ७ अर्बभन्दा धेरै

यो साता लगातार सर्वाधिक उचाईको रेकर्ड बनाउँदै आएको सेयर बजार परिसूचक नेप्से बुधबार भने सामान्य अंकले घटेको छ। बुधबार नेप्से २ दशमलव ८५ अंकले धटेर २६ सय ७१ दशमलव ६२ अंकमा झरेको छ।

बुधबार ठूला कम्पनीको सेयर मापक सेन्सिेटिभ इन्डेक्स भने बढेको छ। इन्डेक्स शून्य दशमलव ६२ अंक बढेको हो।

बुधबार कुल २ सय १५ ओटा कम्पनीको सेयर कारोबार हुँदा १ करोड ६३ लाख ६६ हजार ४ सय ७२ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब १४ करोड ९० लाख ४८ हजार भन्दा धेरैको कारोबार भउको छ।

बुधबार बैंकिङ, विकास बैंक, होटल एन्ड टुरिजम, माइक्रोफाइनान्स र म्युचुअल फन्ड हरियो देखिँदा अन्य समूहमा गिरावट आयो।

महिला लघुवित्त, चन्द्रागिरि हिल्स, एनआईसी एसिया लघुवित्त, रिलायन्स फाइनान्स र युनिभर्सल पावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो। रेयरिङ हाइड्रो, युनाइटेड इदी मर्दी हाइड्रोका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...