तामाको भाँडा भुलेर पनि यी खानेकुराहरु नराख्नूस् !

तामाको भाँडा हामी सबैको घरमा हुन्छ । तामाको भाँडालाई हाम्रो नेपाली समाजमा परापूर्वकालदेखि नै शुद्ध र धार्मिकसँग जोडेर हेरिने गरिन्छ । तामाको भाँडामा खानेकुरा खानु स्वास्थ्यको लागि फाइदा पनि हुन्छ त कुनै-कुनै खानेकुरा तामाको भाँडामा खानु स्वास्थ्यको लागि हानिकारक पनि हुन्छ । तामामा सुख्खा खानेकुरा राख्दा कुनै हानी हुँदैन तर कुनै खानेकुरा भने यसमा राख्नुहुँदैन । जसले गर्दा खानेकुरा तामासँग मिसेर रियाक्ट हुन थाल्छ र यसले फुड पोइजनिङको सम्भावना बढाउने गर्छ ।

अमिलो फल र दुध- तामाको भाँडामा जुनसुकै अमिलो फल राख्दा फुड पोइजनिङको खतरा बढ्ने गर्छ । स्याउ, अनार, अम्बा, मेवाजस्ता फल तामाको भाँडामा बिर्सेर पनि नराख्ने ।

-अचार, दही र कागतीको रस तामाको भाँडामा अचार राख्दा यसमा भएको नुनिलो पानी तामासँग मिल्छ । यसले फुड पोइजनिङ पनि हुनसक्छ ।

-कागतीको रसमा भएको एसिड तामासँग मिलेर रियाक्ट हुन्छ । यसले एसिडिटी वा पेट दुखाईजस्तो समस्या हुनसक्छ ।

– दहीमा भएको तत्व पनि तामासँग मिसेर रियाक्ट हुन्छ जसले फुड पोइजनिङको खतरा बढ्न सक्छ ।

-तातो होस् वा चिसो दुध पनि तामाको भाँडामा राख्नुहुँदैन । यसले पनि स्वास्थ्यमा नकारात्मक असर पुर्याउने गर्छ ।

-लेमन जूस लेमन जूस पनि तामाको भाडामा राख्नुहुन्न । यसमा भएको एसिड तामासँग मिलेर रिएक्ट हुन्छ । जुन स्वास्थ्यका लागि हानिकारक हुन्छ । यसको प्रयोगले ग्याष्टिक, पेट दुख्ने समस्या पैदा हुन्छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...