नयाँ खालको क्रान्ति गर्ने प्रचण्डको घोषणा

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ खालको क्रान्ति गर्ने दावी गरेको छ । त्यसका लागि आफूले दस्तावेज लेखिरहेको पनि बताएको छ । ‘फेरि नयाँ क्रान्ति र अभियानमा जाने प्रतिवद्धता गर्दैछौं’ प्रचण्डले दावी गरे । बिहीबार सुर्खेतमा आयोजित कर्णाली प्रदेशका महिलाको भेलालाई सम्बोधन गर्दै प्रचण्डले नयाँ क्रान्तिको दावी गरेको हो । महिलाको भेलालाई सम्बोधन गर्दै उनले भने– ‘यो भेलाले पनि मेरो दस्तावेजलाई खजाना मिलेको छ ।’

क्रान्ति सकिए पछि प्रतिक्रान्ति रोक्ने जिम्मा महिलालाई दिने सोच आफूले जनयुद्धको बेलामा बनाएको तर लागू गर्न नसकेको उनले बताए । समाजवादको मिठो फल जनतालाई चखाउन ठूला कम्युनिष्ट पार्टी एक गरिएको भए पनि त्यो टिकाउन नसकिएको प्रचण्डले बताए । ‘सरकार गठन गरियो तर दुर्भाग्य तीन वर्ष पुग्दा नपुग्दै आफ्नै सरकारले प्रतिगमन गर्ने दुर्भाग्य देखियो’, उनले भने । प्राप्त उपलब्धि समेत संकटमा परेको दावी गर्दै प्रचण्डले जसले क्रान्ति गरेर यो व्यवस्था ल्याए त्यो व्यवस्था जोगाउन तिनै जनताको माझमा जानु परेको बताए ।

‘त्यसैले कर्णाली आएको हूँ’– प्रचण्डले भने – ‘अब एकचोटी फेरि हिजोको त्यो स्प्रीटलाई अगाडि बढाउने संकल्प गर्नुपर्ने भएको छ ।’ भेलालाई सम्बोधन गर्दै प्रचण्डले सरकार परिवर्तनका लागि काठमाडौं जान हतार भएको बताए । ‘भरे काठमाडौंमा महत्वपूर्ण मिटिङ छ, सरकार परिवर्तनको जुन कुरा चलिरहेको छ, त्यसलाई टुंगोमा पुर्याउनु परेको छ’– उनले भने । समाजवादी क्रान्तिको नयाँ अभियान अघि बढाउने भन्दै प्रचण्डले वर्गसंघर्ष, उत्पादनर संगठनको अभियान एकसाथ अघि बढाउनु पर्ने बताए । ‘वर्ग संघर्ष अझै आवश्यक छ’– प्रचण्डले भन्नुभयो । तर, वर्गसंघर्ष शान्तिपूर्ण हुने उहाँले दावी गर्नुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...