दर्ता नभएका मोबाइल फोन जेठदेखि नचल्ने, एमडिएमएसले अवैध आयातलाई पनि ठप्प पार्दै

दर्ता नभइ चलेका र विदेशबाट ल्याइएका मोबाइल के गर्ने?

आगामी जेठदेखि अवैध रुपमा नेपाल भित्रिएका र दर्ता नभएका मोबाइल फोन नचल्ने भएको छ।नेपाल दूरसञ्चार प्राधिकरणले आगामी जेठ मसान्तबाट मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) लाई कार्यान्वयन गर्ने भएसँगै करको दायरामा नआएका र बिना दर्ता चलिरहेका स्मार्टफोन बन्द हुने भएका हुन् ।

प्राधिकरणले गत वर्षको चैतमा नै एमडिएमएस लागू गर्ने भनेपछि प्रविधिक ढिलाइको कारण एक वर्षपछि धकेलिएको थियो। कोरोना भाइरस संक्रमणले एमडिएमएस विकास र स्थापनाको लागि विदेशबाट आवश्यक सामाग्री नआएपछि ढिलाे भएको थियो।

अब भने प्राधिकरणले एमडिएमएसको काम अन्तिम चरणमा पुगेको जनाएको छ। अहिले दूरसञ्चार प्राधिकरणको चावहिलमा रहेको आफ्नो जग्गामा एमडिएमएस राख्न घर बनिरहेको छ।

उक्त घरको सजावत अन्तिम चरणमा पुगेको र एमडिएमएसको सफ्टवेयर, हार्डवेयर लगायत स्थापना गर्नका लागी आवश्यक समाग्री त्यहीँ राखिनेछ।

एमडिएमएसको विकास, जडान तथा सञ्चालनका लागि मलेसियाको न्युमेरा, भारतको ओएसआई डिजिटल तथा सिंगापुरको नमस्ते ग्लोबलको संयुक्त उपक्रम (जेभी) लाई ७८ करोडको परियोजना जिम्मा दिइएको छ।

कम्पनीले विकास गरेको उक्त प्रणाली कार्यान्वन आएपछि भन्सार, दूरसञ्चार प्राधिकरणसँग लिंक गराइने छ। त्यसपछि विदेशबाट भन्सार छलिएर नेपाल भित्रने अवैध मोबाइल र नेपाल भित्र दर्ता बिना चलेका सबै अवैध मोबाइललाई नचल्ने बनाइने दूरसञ्चार प्राधिकरणका निर्देशक मीन प्रसाद आर्यालले जानकारी दिए।

‘भवन निमार्णको काम सकिएपछि एमडिएमएसको जिम्मा पाएको कम्पनीले सिस्टम लगेर राख्छ र आगामी जेठ मसान्तसम्म अवैध मोबाइल नियामन हुने छन्,’ अर्यालले भने।

एमडिएमएस कार्यान्वयनमा आएपछि अवैध रूपमा भित्रिएको मोबाइल बन्द हुनुका साथै ट्रेडमार्क चोरी भएको मोबाइल र विदेशबाट आउने अवैध कल नियन्त्रण हुनेछ।

पछिल्लो समय वैदेशीक रोजगारीमा गएका सबै मानिसले एकभन्दा बढी नै मोबाइल फोन उपहारको रुपमा ल्याउने गरेका छन्। जुन नेपालमा दर्ता भएका हुदैनन्। नेपालको मोबाइल बजारमा आइएमईआई नम्बर दर्ता नभएका मोबाइल छ्याप्छ्याप्ती पाइने गरेको छ।

मोबाइल आयातकर्ता संघ तथा मोबाइल व्यवसायीले अवैध मोबाइल आयात रोक्न सरकार तथा दूरसञ्चार प्राधिकरणलाई पटक पटक ध्यानाकर्षण गराउदै आएको छ।

अब भने आगामी जेठदेखि एमडिएमएस पूर्णरुपमा लागु गर्ने दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल ठोकुवा गर्दै आएका छन्।

दर्ता नभइ चलेका र विदेशबाट ल्याइएका मोबाइल के गर्ने?

नेपाली मोबाइल बजारमा यतिवेला अवैध मोबाइल अत्याधिक भेटिने गरेका छन्। व्यापारीहरुले लुकिछिपि यस्ता मोबाइल बेच्ने क्रम रोकिएको छैन।

प्राय विदेशबाट आएका मोबाइल र दर्ता नभएका मोबाइल फोन नेपाली बजारमा धेरै चलेका छन्।

यदि तपाईंको मोबाइल दर्ता छैन भने नेपाल दूरसञ्चार प्राधिकरणले आईएमईआई दर्ता गराइरहेको छ।

प्राधिकरणमा आफ्नो मोबाइल दर्ता अनलाइन र प्राधिकरणमै गएर पनि दर्ता गर्न सकिन्छ।केहि दिनदेखि मोबाइल आईएमईआई अनलाइन दर्ता प्रणालीमा समस्या आएका कारण अफलाइन मात्रै दर्ता प्रक्रिया भइरहेको प्राधिकरणले जनाएको छ।

मोबाइल फोन दर्ता भएपछि हराएको मोबाइल पनि सहजै भेटिने प्राधिकरणको भनाई छ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...