पोखराको द बोस वियर बारको अफर, बोडिङ पाससँगै वियर

काठमाडौं । काठमाडौंदेखि पोखरा विमानबाट जाँदै हुनुहुन्छ भने बोडिङ्ग पास नफाल्नु होला । त्यो बोडिङ्ग पास देखाएर पोखराको फेवाताल किनारमा रहेको द बोस बियर बारले एउटा वियर अफर दिने छ ।

बार संचालक गणेशबहादुर थापाले विमानबाट पोखरा आउँदा बोडिङ्ग पास देखाएमा एउटा वियर बारले उपहार दिने योजना ल्याएको बताए । “यो योजना पोखरा आउने यात्रुका लागि हो । आन्तरिक पर्यटन प्रबद्र्धन गर्न यो योजना ल्याएको हो । यो अफर पाउन बोडिङ्ग पास भने अनिवार्य हुनुपर्छ,” उनले भने । उनका अनुसार यो योजना यो गर्मी मौसमभर लागू हुनेछ ।

द बोस वियर बार पोखराको सबैभन्दा सस्तो वियर बार रहेको दाबी पनि उनले गरे । आफ्नो बारमा सबै ब्राण्डका वियर एमआरपी मूल्यमै पाउने उनले बताए । वियर बारमा एक पटकमा २ सय जनालाई सेवा दिन सकिने उनले बताए ।

यो योजनासँगै बारमा जाने ग्राहकले आफैँले गीत गाउनको लागि पनि व्यवस्था मिलाइएको उनले बताए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...