बतावरण संरक्षणमा सराङकोटको सहकार्य

पोखरा, रेडियो सराङकोटको सहकार्यमा वातावरण संरक्षणमा सवैको सहभागिता अभियानको सुरुवात गरेको छ ।सहकारी र रेडियाका कर्मचारीहरुलाई बातावरण मैत्री झोला वितरण गर्दै सहकारीका अध्यक्ष प्रेमवहादुर जिसीले सो अभियान सुरुवात गरेका हुन् ।

रेडियोका हरेक कार्यक्रममा उपस्थित हुने पाहुनालाई झोला हस्तान्तरण गर्दै अभियानलाई थप प्रभावकारी वनाइने रेडियोका कार्यकारी निर्देशक कृष्ण थापाले जानकारी दिएका छन् ।सोही कार्यक्रममा नेपाल पत्रकार महासंघको भर्खरै सम्पन्न निर्वाचनमा महासंघको राष्ट्रिय परिषद सदस्य पदमा सर्वाधिक मत ल्याएर विजयी हुन सफल भएको भन्दै रेडियोका समाचार प्रमुख कमल पौडेल अथकलाई बधाई सम्मान गरेको छ ।

एक पेशागत र निष्ठावान पत्रकारको विजयले संस्थाको गरिमा झन् वढाएको रेडियोका निर्देशक इन्द्रकमल मानन्धरले वताईन् ।कार्यक्रममा सम्मान ग्रहण गर्दै नेपाल पत्रकार महासंघका राष्ट्रिय परिषद सदस्य कमल पौडेल अथकले आफूलाई विजय गराउने पत्रकारहरु प्रति आभार व्यक्त गर्दै आगामी दिनमा पत्रकारिता पेशामा जिम्मेवारी झन् थपिएको वताए ।

संस्थाका अध्यक्ष प्रेमवहादुर जिसीको अध्यक्षतामा भएको कार्यक्रममा सहकारीका व्यवस्थापक सुरेन्द्र थापा, रेडियोका व्यवस्थापक योगेन्द्र श्रेष्ठ, वजार व्यवस्थापक सुशील श्रेष्ठ, कर्जा सहायक सरिता पौडेल, कार्यालय सहायक इश्वरी श्रेष्ठ लगायतले अभियानले वतावरण संरक्षणमा सकारात्मक सन्देश दिने वताए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...