संकटालाई १९ औँ आहा रारा गोल्डकपको उपाधि

पोखरा, चतै २८ गते । १९ औँ आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि संकटा क्लब काठमाडौले जितेको छ । आहा रारामा संकटा नयाँ च्याम्पियन बन्द पाहुना टोली अफ्रिकन रुट्स टाईब्रेकरको सिकार बन्यो । संकटाले अफ्रिकन रुट्सलाई टाई–ब्रेकरमा ४–२ गोलले पाखा लगाउदै पहिलो पटक आहा रारा गोल्डकपको उपाधिमा आफनो नाम लेखायो । निर्धारित र अतिरिक्त गरी १२० मिनेटको खेल १–१ को बराबरीमा टुंगिएपछि विजेताको छिनोफानो टाईब्रेकरबाट भयो ।


टाई–ब्रेकर अफ्रिकन रुट्सका दुई खेलाडीले सदुपयोग गर्न नसक्दा संकटाले उपाधि सहित नगद १० लाख ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्दा उपविजेता अफ्रिकनले ५ लाखमा चित्त बुझाउन बाध्य भयो ।उपाधि आफनो पोल्टामा पार्न संकटाका अमित तामाङ, सुवास गुरुङ, निरज बस्नेत, आयुष घलानले पेनाल्टीमा गोल गर्नुभयो भने सरोज दाहालको प्रहार अफ्रिकनका गोलकिपरले बचाउन गर्नुभयो । यता अफ्रिकनका यानिक र रिमको पेनाल्टी मात्रै गोलमा परिणत भयो । अफ्रिकनका कुइटेको प्रहार बाहिरिएको थियो भने एमबाकोपको प्रहार संकटाका गोलकिपर राजाबाबु थापाले उत्कृष्ट बचाउ गरेपछि आहाको उपाधि उचाल्ने सपना अधुरो बन्यो ।

प्रतियोगिताका उत्कृष्ट

आरा रारा गोल्डकपको सर्वोत्कृष्ट खेलाडी सहित उत्कृष्ट गोलपिकर राजा बाबु थापा (संकटा) बन्नुभयो । उहाँले एउटा स्कुट सहित नगद २५ हजार प्राप्त गर्नुभयो । उत्कृष्ट डिफेन्डर निरज बस्नेत(संकटा), अफ्रिकन रुट्सका राफायल रिम उत्कृष्ट मिडफिल्डर हुँदा अफ्रिकन रुट्सकै बासिकले उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट प्रशिक्षकको उपाधि पनि अफ्रिकन रुट्सका सेर्गी बोरिसले जित्नुभयो । उत्कृष्ट सवैले जनही २५ हजार रुपैयाँ सहित ट्रफि प्राप्त गर्नुभयो । खेलमा सर्वाधिक गोलकर्ता तर्फ नेपाल पुलिस क्लबका बुद्द बल तामाङ, संकटाका ग्लोरी, अफ्रिकनका बासेक र मौसाले प्राप्त गर्नुभयो । यस्तै फेयर प्ले पुरस्कार नेपाल पुलिस क्लबले प्राप्त गरेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...