अन्नपूर्ण गाउँपालिकामा विवेकशील साझा पार्टी

विवेकशील साझा पार्टी कास्कीले अन्नपूर्ण गाउँपालिकामा पशुपति दाहालको संयोजकत्वमा १३ सदस्यीय गाउँपालिका समिति गठन गरेको छ । गाउँपालिका समितिको सह-संयोजकमा सुरेन्द्रबहादुर कुँवर रहेका छन् भने सदस्यहरूमा नेत्र अधिकारी, कृष्णप्रसाद दाहाल, कृष्ण अधिकारी, नारायणप्रसाद भण्डारी, अमृत पौडेल, बालकृष्ण अधिकारी, दीपकराज अधिकारी, निर्मल कुँवर, सरोज तिवारी, गणेशबहादुर नेपाली, शिवप्रसाद भण्डारी रहेका छन् ।

सो भेलालाई सम्बोधन गर्दै विवेकशील साझा पार्टीका सचिवालय सदस्य तथा गण्डकी प्रदेश संयोजक महेश भण्डारीले विवेकशील साझा पार्टी शहर र नगरमा मात्रै होइन, गाउँ–गाउँमा फैँलदै गरेको बताए ।प्रतिबद्धता मन्तव्य राख्दै सो कार्यक्रममा नवघोषित संयोजक पशुपति दाहालले अन्नपूर्ण गाउँपालिकाका ११ वटै वडामा अब चाँडै नै कमिटी गठन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशकी सहसंयोजक जमुना शर्मा, केन्द्रीय सदस्य रजनी केसी, केन्द्रीय सदस्य रजनी केसी अधिकारी, केन्द्रीय सदस्य तथा विवेकशील साझा युवा संगठनका महासचिव सरोज गौतम, कास्की जिल्ला संयोजक फणिन्द्र अधिकारी, जिल्ला सहसंयोजक जयन्ती मोक्तान, पोखरा महानगर संयोजक अजय श्रेष्ठ, कास्की जिल्ला सदस्य सोमनाथ ढुंगाना लगायतका नेताहरूले शुभकामना तथा बधाइ सन्देश राखेका थिए।

यसअघि पार्टीले गण्डकी प्रदेशका आधा दर्जनभन्दा बढी जिल्लामा समायोजन तथा बिस्तार गरेको थियो। पोखरा महानगरका बाँकी सबै वडामा समिति गठन गर्ने तयारीमा रहेको विवेकशील साझा पार्टी पोखरा महानगरका संयोजक अजय श्रेष्ठले जानकारी दिए।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...