कुलिनरी प्रतियोगितामा ‘मुलबेरी’ बिजेता

पोखरा, चैत २९ गते । कुलिनरी आर्टस् सम्बन्धि पोखरामा भएको प्रतियोगितामा ‘मुलबेरी इन्स्टिच्यूट अफ हस्पिटालिटी’ बिजेता बनेको छ । सेफहरुको साझा संस्था होटल तालिम प्रदायक संघ नेपालले पहिलोपटक पोखरामा यस्तो खाले प्रतियोगिता गरेको हो ।

प्रतियोगितामा पोखरामा रहेर कुलिनरी र कुकिङसम्बन्धि तालिम दिईरहेका ६ वटा ट्रेनिङ सेन्टरहरुले संस्थागत रुपमा सहभागिता जनाएका थिए । प्रतियोगितामा राइनो होटल ट्रेनिङ सेन्टर दोस्रो र हिमालयन कलेज अफ हस्पिटालिटी म्यानेजमेन्टले तेस्रो प्रतियोगीको रुपमा पुरस्कृत भए ।

 

विजेता टोली मुलवेरीका तर्फबाट अंकित पंगेनी, राइनोका तर्फबाट सुवास गिरी र हिमालयनका तर्फबाट अञ्जु थापा प्रतियोगितामा सहभागी थिए । प्रतियोगिताको प्रमुख निर्णायकमा बीबीसी मास्टर सेफ उपविजेता सन्तोष साह र सहायक निर्णायकमा होटल संघका अध्यक्ष लक्ष्मण बराल रहेका थिए ।

 

कार्यक्रमका लागि मान्दव्य ट्रेड कन्सर्न र नेपाल पर्यटन बोर्डले सहयोग गरेको आयोजक संस्थाका अध्यक्ष ज्ञानबहादुर रानाले जानकारी दिए ।

 

अध्यक्ष रानाका अनुसार सेफ फेडेरेशन नेपाल गण्डकी च्याप्टर र ग्लोवल नेपाली सेफ फेडेरेशनसमेत कार्यक्रममा जोडिएको थियो । दक्ष जनशक्ति उत्पादनमा टेवा पुर्याउने उद्देश्यसहित प्रतियोगिता आयोजना भएको आयोजकले बताएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...