भारतमा एकैदिन एक लाख पचास हजार सङ्क्रमित

काठमाडौं, चैत २९ गते । भारतमा कोरोनाभाइरसका एक लाख ५० हजारभन्दा बढी सङ्क्रमितको पुष्टि भएको छ । अमेरिकापछि एकैदिनमा एक लाख पचास हजारभन्दा बढी सङ्क्रमित थपिने भारत पहिलो राष्ट्र हो । गत शनिबार चौबीस घण्टामा भारतमा एक लाख ५२ हजार ८७९ जना नयाँ सङ्क्रमितको पुष्टि भएको हो ।


भारतीय सञ्चारमाध्यमहरुका अनुसार भारतको छत्तीसगढ, उत्तरप्रदेश र बिहार राज्यमा सङ्क्रमित थपिने संख्यामा उल्लेख्य वृद्धि भएको छ । शुक्रबार एक लाख ४५ हजारमा सङ्क्रमणको पुष्टि भएको थियो । एक लाख सङ्क्रमित थपिएको छैटाैं दिनमा नयाँ सङ्क्रमित थपिने संख्या एक लाख ५० हजारभन्दा बढी भएको हो ।

शनिबार नै सक्रिय सङ्क्रमित एघार लाख नाघेको छ । महाराष्ट्र कोभिड १९ को दोस्रो लहरबाट सबैभन्दा बढी प्रभावित हुने राज्य बनेको छ । गत चौबीस घण्टामा महाराष्ट्रमा मात्रै ५५ हजार ४११ जना नयाँ सङ्क्रमितको पहिचान गरिएको छ । तीन सय नौ जनाको मृत्यु भएको छ । छत्तीसगढमा १४ हजार ९८ जना नयाँ सङ्क्रमित थपिएकोमा १२३ जनाको मृत्यु भएको छ ।

शुक्रबार नौ हजार ६९५ जना सङ्क्रमित थपिएको उत्तरप्रदेशमा गत् चौबीस घण्टामा १२ हजार ७८७ जना थपिएका छन् । बिहारमा तीन हजार ४६९ सङ्क्रमित थपिएका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...