बुटवलमा कोरोना संक्रमित दुई जनाको मृत्यु

बुटवल,चैत ३० गते । बुटवलस्थित कोरोनाविशेष अस्पतालमा उपचाररत दुई जनाकोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा–१ की ७१ वर्षीया महिला र प्यूठान जिल्लाको स्वर्गद्वारी–९ का ४३ वर्षीय पुरुषभएको अस्पतालले जनाएको छ ।


अस्पतालका प्रवक्ता डा. विष्णु गौतमकाअनुसार चैत २३ गते कोरोना संक्रमण भएपछि भर्ना भएकी महिलाको बिहान ७ बजेर २३ मिनेटमा मृत्यु भएको हो ।

यस्तै गत चैत १० गते पीसीआर रिपोर्ट पोजिटिभ आएपछि अस्पतालमा भर्ना गरिएका पुरुषको सोमबार बिहान ५ बजे मृत्यु भएको हो ।दुवै जनामा निमोनियाको समेत समस्या रहेको थियो । बुटवलको कोरोनाअहिले अस्पतालमा सात जना संक्रमित उपचाररत रहेका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...