टेबलटेनिसका खेलाडीका खेल सामाग्री प्रदान

म्हिला सशक्तिकरण दिवसका दिन चन्द्रगिरी नगरपालिकास्थित भकुण्डे टोलका साना टेबलटेनिस खेलाडीहरुको लागि खेल सामाग्री प्रदान गरिएको छ ।

एपिएफका प्रशिक्षक एवं अखिल नेपाल टेबलटेनिस क्लबका उपाध्यक्ष राजेन्द्र दुलालको अगुवाईमा २० थान टेबलटेनिस ¥याकेट, २० थान टिसर्ट र टिटि बल छात्रा खेलाडीहरुलाई प्रदान गरिएको प्रशिक्षक एवं उपाध्यक्ष दुलालले जानकारी गराएका छन् ।

 

सो अवसरमा उक्त स्थानमा टेबल टेनिस बोर्ड राखी चन्द्रगिरीका मेयर घनश्याम गिरी र प्रशिक्षक एवं पूर्व खेलाडी समेत रहेको दुलाले टेबल टेनिस खेली उद्घाटन समेत गरेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...