गण्डकीमा कोरोना संक्रमित दुई जनाको मृत्यु

पोखरा,चैत ३० गते ।कोरोना भाइरस संक्रमणबाट गण्डकी प्रदेशमा दुई जनालाई मृत्यु भएको छ । दुवै जनाको उपचारका क्रममा पोखराका विभिन्न अस्पतालमा मृत्यु भएको हो । पोखरा र तनहुँका गरी दुई जनाको ज्यान गएको हो ।

पोखरा महानगरपालिकाका ७८ वर्षीय पुरुषको कोरोना भाइरस संक्रमितको ज्यान गएको हो । उहाँको उपचारका क्रममा पोखराको चरक मेमोरियल अस्पतालमा सोमबार ज्यान गएको हो । उहाँलाई चैत्र २० गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

यस्तै तनहुँमा ५१ वर्षीय पुरुषको पनि कोरोना भाइरस संक्रमणबाट उपचार कै क्रममा पोखरामा मृत्यु भएको छ । जिल्लाको शुक्लागण्डकी नगरपालिकाका उहाँको हिजो आइतबार चरक मेमोरियल अस्पतालमा नै ज्यान गएको हो ।

 

उहाँलाई चैत्र २३ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीका प्रमुख एवं कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवत्ता विनोद विन्दु शर्माले जानकारी दिनुभयो । अहिलेसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या २ सय ७ पुगेको छ ।

यसैवीच गण्डकी प्रदेशको राजधानी पोखरामा सोमबार थप २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले तीन विज्ञप्ति जारी जनाएको छ । गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या १६ हजार ९ सय ३३ पुगेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...