गण्डकी प्रदेश प्रहरी गतिविधि

लमजुङ्: सवारी दुर्घटनामा १ जनाको मृत्यु

मिति २०७७।१२।२९ गते, जिल्ला लमजुङ राईनास नगरपालिका-१ भगेरी स्थित प्याराजुङबाट बोराङ खोलातर्फ जाँदै गरेको ना १ त ९५५३ नं.को ट्याक्टर अनियन्त्रित भई सडकबाट अन्दाजी २०० मिटर तल बोराङ खोलामा खस्न गई दुर्घटना हुदाँ ट्याक्टर चालक जिल्ला लमजुङ् राईनास नगरपालिका-१ भगेरी बस्ने वर्ष २६ को बुधमान गुरुङको घटनास्थल मै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ उक्त स्थानमा प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको ।

तनहुँ: सवारी दुर्घटनामा १ जनाको मृत्यु

मिति २०७७।१२।२९ गते, अन्दाजी १७:४० बजेको समयमा जिल्ला तनहुँ म्याग्दे गाउँपालिका-४ ठाँटीटार स्थित पृथ्वी राजमार्गमा थर्पु बजारबाट छबिसेतर्फ जाँदै गरेको ग ७ प ५३२३ नं.को मोटरसाईकलमा पछाडी सवार ऐ.म्याग्दे गाउँपालिका-६ छबिसे बस्ने वर्ष ५५ की सानुमायाँ सार्की मोटरसाईकलबाट खस्न जाँदा घाइते भइ फेवासिटी अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको, घटनास्थलमा प्रहरी टोली खटि गई मोटरसाईकल र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।

लमजुङ्: आगलागीबाट क्षेती

मिति २०७७।१२।२९ गते, अन्दाजी २२:३० बजे, जिल्ला लमजुङ् बेशीशहर नगरपालिका-८ झाँक्रीचोकमा रहेको गंगा थापाको हार्डवेयरमा अचानक आगलागी हुदाँ अन्दाजी १,००,०००,००(एक करोड) बराबरको क्षेती भएको भन्ने बुझिएको, मनाविय क्षेती नभएको घटनास्थलमा तत्कालै प्रहरी टोलि खटि गई स्थानीय र दमकलको सहयोगमा आगो पूर्ण रुपमा नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको ।

कास्की: लागूऔषध सहित मानिस पक्राउ

मिति २०७७।१२।२९ गते, अन्दाजी २१:०० बजे, जिल्ला कास्की पोखरा महानगरपालिका-१० बुद्धचोक स्थित ऐ.ऐ  डुचीमार्ग बस्ने वर्ष ३३ को रुम बहादुर थापालाई चेकजाँच तथा निजको कोठा खान तलासी गर्दा निज सुत्ने कोठाबाट लागूऔषध नुर्फिन-६ एम्पुल, फेनारगन-६ एम्पुल, डाइजेपाम-६ एम्पुल, नाइट्रोभेट-७२ थान, विभिन्न कम्पनीका मोबाइल-६ थान र नगद रु.६७,३६५।- सहित फेला पारी निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।

 

तनहुँ: सवारी दुर्घटना

मिति २०७७।१२।३० गते, अन्दाजी ०८:५५ बजे, जिल्ला तनहुँ बन्दिपुर गाँउपालिका-४ सानो डुम्रे स्थित पृथ्वी राजमार्गमा डुम्रेबाट बिमलनगरतर्फ जाँदै गरेको ना ५ त २७३० नं.को ट्याक्टरले बिपरित दिशाबाट आउँदै गरेको बा ९७ प १८७१ नं.को मोटरसाईकललाई ठक्कर दिई दुर्घटना हुँदा मोटरसाईकल चालक जिल्ला नुवाकोट बिदुर गाउँपालिका-१२ बस्ने वर्ष अन्दाजी ३७ को नवराज पौडेल घाईते भई उपचारको लागि मोति मेडिकल डुम्रे तर्फ पठाईएको, अवस्था मध्यम, घटनास्थलमा प्रहरी टोली खटि गई घटनाको बिषयमा थप अनुसन्धान भइहेको ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...