मेयर साइकल दौडका विजेतालाई दश तोला चाँदीको मेडल

पोखरा, चैत ३१ गते । पोखरा महानगरपालिकाको आयोजनामा हुने मेयर साइकल दौड प्रतियोगिताको तयारी पुरा भएको छ । नेपाली नयाँ वर्षको अवसर २०७८ बैशाख १ गते पोखरामा देशभरका मेयरहरुलाई साइकलमा दौडाउने गरी कार्यक्रम तय भएको छ । प्रतियोगितामा सहभागी हुन देशभरका मेयरहरु आज पोखरा आउदै छन् ।


साईकल दौडमा स्थानीय तहका प्रमुखहरुले सहभागीता जनाउने प्रतियोगिता संयोजक दर्शन लामाले जानकारी दिनुभयो । देशभरका ७५३ वटै स्थानीय तहका प्रमुखहरुलाई आमन्त्रण गरेका छौ उहाँले भन्नुभयो,‘कति जना आउनुहुन्छ । हामीले सबैलाई पत्राचार गरेका छौ ।’

कास्की जिल्ला साइक्लिङ संघ, साइकल सिटी पोखरा र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघसँगको सहकार्यमा ‘वातावरण जोगाऔं, स्वस्थ रहौं’ भन्ने नाराका साथ प्रतियोगिता आयोजना गरिएको हो । ‘स्थानीय तहका प्रमुखहरुले साईकल दौडमा प्रतिस्पर्धा गर्ने छन’ मेयर साईकल दौड प्रतियोगिताका संयोजक दर्शन लामाले भन्नुभयो–‘एकसयजना स्थानीय तहका प्रमुखहरुको सहभागिता हुने अनुमान गरेका छौ ।’

 

साईकल दौड फेवाताल किनार हल्लनचोकबाट सुरु हुने छ । हल्लनचोकबाट सुरु हुने साइडकल दौड झण्डै ५ किलोमिटरको दुरी हुने छ । प्रतियोगितामा विजेताले दश तोलाको चाँदीको मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यस्तै दोश्रो र तेश्रोले क्रमश आठ र पाँच तोलाको चाँदीको मेडल प्राप्त गर्ने छन् । । स्थानीय तहका प्रमुखहरुवीच आपसी सद्भाव र भाईचारा अभिबृद्धि गर्न प्रतियोगता आयोजना गरिएको महानगरले जनाएको छ । यसैवीच महानगरपालिकाले साईकल दौडकै अवसरमा कास्कीबाट १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा साईक्लिङ प्रतिस्पर्धा(डाउनहिल) रजत पदक विजेता जमूना थापालाई सम्मान समेत गर्ने भएको छ । थापालाई नगद १ लाख रुपैयाँ सहित सम्मान गरिने कार्यक्रम संयोजक दर्शन लामाले जानकारी दिनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...