लायन्स क्लब अफ पोखरा चौतारीको अध्यक्षमा सापकोटा

पोखरा चैत ३१ गते । लायन्स क्लब अफ पोखरा चौतारीले आगामी वर्षको निम्ति नयाँ कार्यसमिती चयन गरेको छ । वर्ष २०२१÷२०२२ का लागि शरद कुमार सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिती चयन भएको हो । जसको प्रथम उपाध्यक्षमा सागर एर, द्धितिय उपाध्यक्षमा पर्शुराम पौडेल, तेस्रो उपाध्यक्षमा बिनोद भण्डारी निर्वाचित भएका छन ।


सचिवमा रामचन्द्र अधिकारी, कोषाध्यक्षमा गोविन्द बास्तोला, निर्देशकमा रमेश पौडेल,अशोक श्रेष्ठ, उत्तम केसी, बिनोद पौडेल चयन भएका छन् । भने टेमर सनत कुमार श्रेष्ठ, टेलटुइस्टर तथा सल्लाहकारमा पूर्वअध्यक्ष राजु दाहाल रहेका छन् ।

यसैबीच क्लबले कृष्तीमा भविष्य निर्माण विद्यालयमा सहयोग गरेको छ । विद्यालयलाई कम्प्युटर, फर्निचर, साइन्स ल्याव लगायत सहयोग गरेको छ । यस्तै यसवर्ष कृस्ती निर्मल पोखरीमा एसइइ दिने विद्यार्थीलाई शैक्षिक समाग्री प्रदान गरिएको छ । संस्थाले यसवर्ष बाढी पहिरो र कोरोना प्रभावित क्षेत्रमा राहत सामाग्री समेत प्रदान गरिएको वर्तमान अध्यक्ष गुरुप्रसाद पौडेलले जानकारी दिए ।

कार्यक्रममा पूर्व गर्भनर धुव्र थापा, क्लबका पूर्वअध्यक्षहरु मोहबाबु खड्का, पुरुषोत्तम पराजुली लगायतले क्लबले शिक्षा र स्वास्थ्य क्षेत्रमा केन्द्रित रही काम गरिरहेको भन्दै खशी प्रकट गरे । १९९८ मा स्थापित सो क्लबले पोखरा लगायत क्षेत्रमा विद्यालय भवन निर्माण शैक्षिक सामाग्री ,कम्प्युटर सामाग्री ,स्वास्थ्य शिविर लगायतको सहयोग कार्य गर्दै आएको छ भने यस वर्ष कृष्तीकै एक छात्रालाई फेस ट्यूमरको उपचार गराइरहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...