प्याराडिसो स्पोर्टस् बारमा नयाँ वर्ष साङगितिक साझँ

पोखरा,चैत३१ गते ।पोखराको लेकसाइडमा रहेको प्याराडिसो स्पोर्टस् बार एण्ड ग्रिलले नेपाली नयाँ बर्षको अबसरमा विशेष साङगितिक साझँको आयोजना गरेको छ ।नयाँ बर्षको अबसरमा चैत ३१ गते र बैशाख १ गते विशेष साङगितिक कार्यक्रमको आयोजना गरेको प्याराडिसो स्पोर्टस् बार एण्ड ग्रिलका म्यानेजर हरी पौडेलले जानकारी दिए ।

मंगलबार साँझ नेपाल आइडल सिजन ३ कि विजेता सज्जा चौलागाई र उनको लोडिङ ब्याण्डको प्रस्तुती रहने भने बुधबार साँझ भ्वाइस अफ नेपालका सुशान्त गौतमको प्रस्तुती रहने छ ।

‘फुड, ड्रिङ् र म्युजिक’ स्लोगन सहित खेलकुद तथा परिवारीक वातावरण जोडएको पौडेलले बताए । पोखरा आएका धेरै पर्यटकलाई कोरोनाको यो महामारीमा नयाँ वर्षले फिक्का नबनो भनरे कोरोनाको स्वास्थ्य मापदण्ड पुरा गरेर कार्यक्रम गरेको पौडेलले जानकारी दिए ।

बार भित्रको फराकिलो क्षेत्र रहेको र जहाँ जुनसुकै ठाउँमा बसेर पनि टेलिभिजन मार्फत महत्वपूर्ण खेलकुदका प्रत्यक्ष प्रशारण हेर्न पाइने व्यवस्था मिलाएको उनले बताए ।

उनले बारमा जन्मदिन, म्यारीज एनिभसरी, संस्थाका एनिभसरी, प्राइभेट पार्टी गर्नका लागि समेत विषेश व्यवस्था मिलाएको बताए । उनले बारमा फन्ट, बालकुन्नी, फेवाफन्ट लगाएका ठाउँमा बसेर ‘फुड, ड्रिङ् र म्युजिक’ रमाउन पाइने उल्लेख गरे ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...