आज मेयर साइकल दौड प्रतियोगिता

पोखरा, बैशाख १ गते । पोखरा महानगरपालिकाको आयोजनामा आज मेयर साइकल दौड प्रतियोगिता हुदैछ । नेपाली नयाँ वर्षको अवसर २०७८ बैशाख १ गते पोखरामा देशभरका मेयरहरुलाई साइकलमा दौडमा सहभागी हुन पोखरा आएका छन् ।


साईकल दौडमा स्थानीय तहका प्रमुखहरुले सहभागीता जनाउदै छन् । कास्की जिल्ला साइक्लिङ संघ, साइकल सिटी पोखरा र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघसँगको सहकार्यमा ‘वातावरण जोगाऔं, स्वस्थ रहौं’ भन्ने नाराका साथ प्रतियोगिता आयोजना गरिएको हो । ‘स्थानीय तहका प्रमुखहरुले साईकल दौडमा प्रतिस्पर्धा गर्ने छन’ मेयर साईकल दौड प्रतियोगिताका संयोजक दर्शन लामाले भन्नुभयो

साईकल दौड फेवाताल किनार हल्लनचोकबाट सुरु हुने छ । हल्लनचोकबाट सुरु हुने साइडकल दौड झण्डै ५ किलोमिटरको दुरी हुने छ । प्रतियोगितामा विजेताले दश तोलाको चाँदीको मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन । त्यस्तै दोश्रो र तेश्रोले क्रमश आठ र पाँच तोलाको चाँदीको मेडल प्राप्त गर्ने छन् ।

स्थानीय तहका प्रमुखहरुवीच आपसी सद्भाव र भाईचारा अभिबृद्धि गर्न प्रतियोगता आयोजना गरिएको महानगरले जनाएको छ । यसैवीच महानगरपालिकाले साईकल दौडकै अवसरमा कास्कीबाट १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा साईक्लिङ प्रतिस्पर्धा(डाउनहिल) रजत पदक विजेता जमूना थापालाई सम्मान समेत गर्ने भएको छ । थापालाई नगद १ लाख रुपैयाँ सहित सम्मान गरिने कार्यक्रम संयोजक दर्शन लामाले जानकारी दिनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...