युनाईटेड क्लवको साताब्यापी कार्यक्रम बृद्धाश्रमबाट

पोखरा, वैशाख १ गते ।सामाजिक सेवामा अग्रणी स्थानमा रहेको युनाईटेड क्लवलले आफ्नो ११ औ वार्षिकोत्सवको अवसरमा साताब्यापी कार्यक्रम अगाडि सारेको छ । स्थापना कालदेखी पोखरामा महोत्सवको आयोजना गरी शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनका लागि पोखरामा चिडियाखाना निर्माण, सेती नदी संरक्षण र दैवी प्रकोपमा परेकाहरुलाई सहयोग गर्दै आइरहेको युनाईटेड क्लवले आफ्नो वार्षिकोत्सव वैशाख ७ लाइ मध्येनजर गरी हरेक वर्ष वैशाख १ देखी ७ गते सम्म साताब्यापी कार्यक्रम आयोजना गर्दै आइरहेको छ ।

जस अन्तर्गत आज पहिलो दिन पोखरा ३२ लामेआहालमा रहेको राधाकृष्ण बृद्धाश्रममा खाद्यान्न वितरण गरेको हो । खाद्यान्न वितरण गर्दै युनाईटेड क्लवका निवर्तमान अध्यक्ष तथा प्रमुख अतिथि लालकाजी गुरुङले युनाईटेड क्लव स्थापना कालदेखीनै सामाजिक काममा लागिरहेको र जस अन्तर्गत ११ औ वार्षिकोत्सवको पूर्व सन्ध्यामा बृद्धाश्रममा रहेको वृद्ध वुवा आमाहरुलाई केही भएपनि सहयोग गर्ने उद्देश्यले खाद्यान्न वितरण गरेको वताए । युनाईटेड क्लवले शिक्षा, स्वास्थ्य, खेलकुदक, पर्यटन सेती नदी संरक्षण र दैवी प्रकोपमा परेकाहरुलाई समेत सहयोग गर्दै आइरहेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिइने उनले वताए ।

सो अवसरमा वोल्दै राधाकृष्ण वृद्धाश्रमका अध्यक्ष प्रेम लिगलले युनाईटेड क्लव आफैमा सामाजिक सेवा भाव बोकेको क्लवका रुपमा आफुले चिन्दै आएको र अहिले आएर ११ औ वार्षिकोत्सवको पूर्वसन्ध्यामा आफुहरुले सञ्चालन गरेको वृद्धाश्रममा खाद्यान्न सहयोग गरिरहदा आफु निकै हर्षित बनेको वताए । विभिन्न संघ संस्था र ब्याक्तिहरुले विभिन्न उत्सवहरुमा प्रदान गरेको सहयोगबाट बृद्धाश्रमहरु सञ्चालनमा सहज बनिरहेको उनको भनाइ रहेको थियो ।

कार्यक्रममा क्लवका प्रथम उपाध्यक्ष लोक वहादुर थापाले स्वागत मन्तब्य र खाद्यान्न सहयोग कार्यक्रमका संयोजक दिवानी सुवेदीले धन्यवाद मन्तब्य ब्यक्त गरेकी थिइन ।क्लवका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन क्लवका महासचिव शान्तबहादुर थापाले गरेका थिएभने कार्यक्रममा क्लवका निवर्तमान अध्यक्ष सुक बहादुर गुरुङ, क्लवका द्धितिय अध्यक्ष गणेश तिमिल्सिना, कोषाध्यक्ष सूर्य बहादुर वानिया, सचिव दिनेश सुनार, सह कोषाध्यक्ष पूर्णकला पोख्रेल, सदस्यहरु सीमा गुरुङ, सन्तोष कार्की लगायतको सहभागीता रहेको थियो ।साता ब्यापी कार्यक्रम अन्तर्गत दोश्रो दिन पोखरा १५ फलेपाटनमा रहेको शिद्ध माविमा अध्ययनरत छात्राहरुलाई लक्षित गरी सेनेटरी प्याड वितरण गरिने क्लवले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...