टिपर दुर्घटनामा दुईको मृत्यु, एक वेपत्ता

रसुवा, बैशाख २ गते । गए राती पौने १२:$% बजे रसुवाकाे कालिका गाउँपलिका –१ ग्राङबाट कालिकास्थानतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख १६८८ नम्बरको खाली टिपर राम्चे स्याउबारी नजिकै भीरबाट दुई सय मिटर तल खस्दा दुई जनाको मृत्यू भएको प्रहरीले जनाएको छ ।


इलामा प्रहरी चौकी कालिकास्स्थानबाट आएको टोलीले गम्भीर घाइते दुई जनालाई उपचारको लागि बिहान ४ बजे रसुवा जिल्ला अस्पताल पु¥याएको थियो । घटनामा मृत्यु ह्नेमा २७ वर्षीय शिक्षक राजेन्द्र तामाङ र चालक २५ वर्षीय सागर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । कालिका १ का वडा अध्यक्ष मालफुर्पा तामाङको टिपर रहेको र उहाँपनि त्यसगाडीमा रहेको बताइएपनि तामाङको भने खोजी कार्य भइरहेको र नभेटिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...