हुर्जाको अधिकारमैत्री मुक्तकमा सावित्रा प्रथम

मानवअधिकार पत्रकार संघ हुर्जा गण्डकीले आयोजना गरेको अधिकारमैत्री मुक्तक प्रतियोगितामा मोरङकी सृष्टि सावित्रा प्रथम भएकी छन् ।

प्रतियोगितामा खोटाङका मुकुन्द कृष्ण थापा द्वितीय, सुनसरीका एल पी निरौला तृतीय र असम भारतका प्रकाश कुइँकेलले सान्त्वना स्थान प्राप्त गर्न सफल भए ।

 

प्रतियोगितामा मुक्तकमणि तीर्थराज अधिकारीको संयोजकत्वमा राज श्रेष्ठ र विष्णु वाग्लेको तीन सदस्य निर्णायक समिति रहेको थियो । निर्णायक समितिले सार्क राष्ट्र नेपाल र भारतका १६४ स्रष्टा बीचबाटपहिलो चरणमा ५१ स्रष्टाका सिर्जनालाई प्रारम्भिक छनौट गरेको थियो ।

 

त्यसबाट उत्कृष्ट १६ गर्दै विजेता घोषणा गरेको निर्णायक संयोजक अधिकारीले जानकारी दिए । संयोजक अधिकारीले प्रतियोगितामा सबै मुक्तक उत्तिकै बेजोड रहेकाले विजेताका बीचमा ०.५ देखि बढीमा १ नम्बरको मात्र अन्तर रहेको बताए ।

 

पहिलो चरण पार गरेका ५१ जनाका मुक्तकलाई सङ्गृहीत गरेर मानवअधिकार आवाज पुस्तक प्रकाशन गरिने संघका निवर्तमान अध्यक्ष राजेश पराजुलीले बताए ।प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः सात हजार सात सय ७७, पाँच हजार पाँच सय ५५, तीन हजार तीन सय ३३ र एक हजार एक सय ११ नगदसहितको पुरस्कार रहेको संघका कोषाध्यक्ष सविन जिसीले जानकारी दिए ।

 

हुर्जाले लैंिगक हिंसा विरुद्धको १६ दिने अभियानलाई लक्षित गरेर घरबाटै लैंगिक हिंसा न्यूनीकरणमा प्रतियोगिताले इटा थप्न सकोस् भनेर आयोजना गरेको महासचिव सुशील श्रेष्ठ बताउँछन् ।

संघले संस्थाको ११ औं स्थापना दिवस सन्दर्भ पारेर नयाँ वर्षको शुभकामना आदानप्रदानसहित यही वैशाख ३ गते पुरस्कार वितरण गर्ने भएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...