गण्डकी प्रदेश प्रहरी गतिविधि

बागलुङ : मृत अवस्थामा फेला

मिति २०७८।०१।०१ गते, अन्दाजी १३:५० बजे, जिल्ला बागलुङ ढोरपाटन नगरपालिका-२ सल्लेपानी सामुदायिक बनको जस्ती खोलाको किनारामा संकास्पद बस्तु रहेको भन्ने खबर प्राप्त हुनासाथ उक्त स्थानमा  प्रहरी टोली खटि गई अनुसन्धान गर्दा जिल्ला नवलपरासी पुर्व देबचुलि नगरपालिका- ६ सिजि टोल बस्ने वर्ष ३१ को नारायण बस्याल मृत अवस्थामा फेला परेको, घटनामा संलग्न जिल्ला बागलुङ ढोरपाटन नगरपालिका-२ रिनाम बस्ने मित्रलाल खनाललाई पक्राउ गरी थप अनुसन्धान भईरहेको  ।

म्याग्दी : भरुवा बन्दुक सहित मानिस नियन्त्रणमा

मिति २०७८।०१।०१ गते, अन्दाजी १९:०० बजे, जिल्ला म्याग्दी मंगला गाउँपालिका-५ अर्मन दोवाङ स्थित वर्ष ४८ को बेल बहादुर खत्रीको घरमा अवैध रुपमा  लुकाई छिपाई राखेको एक नाले भरुवा बन्दुक २(दुई) थान प्रहरीले बरामद गरेको र निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।

लमजुङ : शव फेला

मिति २०७८।०१।०१ गते, अन्दाजी १९:०० बजे, जिल्ला लमजुङ दुधपोखरी गाउँपालिका-३ फुलनगिरि बस्ने सिताराम गुरुङको छोरा वर्ष ७ को बिजन गुरुङ चाम बोटे खोलामा मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनसाथ घटनास्थलमा प्रहरी टोलि खटि गई घटनाको विषयमा थप अनुसन्धान भईरहेको ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...