एसआरए स्क्वासमा हिराकाजी, अर्जुन र करिष्मा च्याम्पियन

पोखरा, बैशाख ३ गते ।प्रथम एसआरए कप स्क्वास प्रतियोगिताको सिनिर तर्फ हिराकाजी श्रेष्ठ र जुनियर तर्फ अर्जुन गाहा मगर च्याम्पियन हुनुभएको छ ।कास्की जिल्ला स्कवास र्याकेट संघको आयोजनामा पोखरा रंगशालाको स्क्वास कोर्टमा शुक्रबार भएको सिनियर तर्फको फाइनल खेलमा हिराकाजी श्रेष्ठले प्रविन पाखिलेलार्ई ३–० को सोझो सेटमा पाखा लगाउदै च्याम्पियन बन्नुभयो ।

खेलमा ११–७, ११–३, ११–८ को सोझो सेटमा पराजित गदै हिराकाजी च्याम्पियन बन्नुभयो । त्यस्तै जुनियर तर्फ अर्जुन गाहा मगरले धर्मराज सुवेदीलाई ३–२ को सेटमा पाखा लगाउदै च्याम्पियन बन्नुभयो । फाइनल खेलमा ११–५, ११–२, ११–५, ११–५, १२–१४ को सेटमा पराजित गदै गाहा च्याम्पियन बन्नुभयो ।

यता महिला तर्फको फाइनल खेलमा करिष्मा ओलीले शालिने घिमिरेलाई २–० को सोझो सेटमा पराजित गर्दै च्याम्पियन बन्नुभयो । करिष्माले सालिनेलाई ११–५, ११–६ को सोझो सेटमा पराजित गदै च्याम्पियन बन्नुभएको हो । विजेता खेलाडीहरुलाई गण्डकी प्रदेशका आर्थिक मार्मिता तथा योजनामन्त्री किरण गुरुङ, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सम्पन्न श्रेष्ठ, अन्नपूर्ण गाँउपालिका अध्यक्ष युवराज कुवँर, कास्की जिल्ला स्क्वास र्याकेट संघ कास्कीका अध्यक्ष पुष्पराज श्रेष्ठ, युवा व्यवसायी प्रकाश केसी लगायतले मेडल वितरण गर्नुभएको थियो । तीन दिनसम्म सञ्चालित प्रतियोगितामा ४० जना खेलाडीले प्रतिस्पर्धा गर्नुभएको थियो ।


पुरस्कार वितरणपछि बोल्दै गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङले स्क्वास खेलको विकास लागि आवश्यक पूर्वाधार निर्माणमा आफनो सहयोग रहने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।उहाँले स्क्वासमा युवा खेलाडीहरुलाई आकर्षण गदै खेलाडी उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो । खेलको विकासका लागि योजनाबद्ध रुपमा पूर्वाधार, प्रशिक्षण र प्रतियोगितामा जोड दिनुभयो । राखेप सदस्य सम्पन्न श्रेष्ठले स्क्वासलाई पोखरामा मात्रै सिमित नगरी गण्डकी प्रदेशका सबै जिल्लामा यसको विस्तार गरेर खेलाडी उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा अन्नपूर्ण गाँउपालिकाका अध्यक्ष युवराज कुवर, कास्की जिल्ला स्कवास र्याकेट संघका महासचिव प्रविन पालिखे, सचिव सन्तोष घिमिरे लगायतले बोल्नुभएको थियो । कार्यक्रम कास्की जिल्ला स्कवास र्याकेट संघका पुष्पराज श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा गण्डकी प्रदेशका आर्थिक मार्मिलामन्त्री अर्थमन्त्री किरण गुरुङलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । स्क्वास खेलको विकासमा पुर्याएको योगदानको कदर गदै सम्मान गरिएको संघले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...