पोखरा क्रिकेट क्लबको १–० को अग्रता

पोखरा, बैशाख ३ गते । पोखरा क्रिकेट क्लबले अल्फ त्रिकेट एकेडेमीलाई २२ रनले पराजित गर्दै दुई खेलको श्रृखंला १–० ले अग्रता लिएको छ । मैत्रीपूर्ण सिरिजको दोस्रो खेल शनिबार पोखरा रंगशाला क्रिकेट मैदानमा हुने छ । पोखरा क्रिकेट क्लबको आयोजना तथा वाईनकिङको मुख्य प्रायोजनमा आयोजित प्रो–३५ वुमन्स क्रिकेट प्रतियोगितामा घरेलु टोलीले टस जित्दै व्याटिङमा उत्रिएको थियो । ३० ओभरको खेलमा पोखरा क्रिकेट क्लबले १७० रन बनाउने क्रममा सात विकेट गुमायो ।


कविता कुँवरले अर्धशतकीय पारी खेल्दै गतिलो शुरुवात गरिन् । उनले ६८ बल खेल्दै ८ चौका हिर्काउँदै सर्वाधिक ७१ रनको योगदान गरिन् । शिला रेग्मी क्षत्रीले पनि ४० बल खेल्ने क्रममा २४ रन बनाईन् । सम्झना खड्काले पनि २१बल खेल्दै १८ रन बनाईन् । अल्फा एकेडेमीका बलर सोनी पोखरेलले ३ ओभरमा ११ रन दिदैं २ विकेट लिईन् ।

त्यसैगरी कृष्णा गुरुङले पनि ४ ओभरमा १६ रन खर्चिएर १ विकेट नाममा लेखाईन् । अस्मिता कर्मचार्यले ५ ओभरमा २४ रन दिएर १ विकेट लिदाँ निशा भेलन तामाङले पनि ५ ओभरमा ३१ रन खर्चिएर १ विकेट हातमा राखिन् । १७१ रनको लक्ष्य पछ्याएको अल्फा क्रिकेट एकेडेमी भने १४८ रनमा समेटिन पुग्यो । कन्चन श्रेष्ठले सर्वाधिक ८१ रनको योगदान दिएपनि जितसम्म डोहोर्याउने भने सकिनन् । अन्य वुमन्सको प्रभावकारी प्रदर्शन भने देखिएन् । उनले ६ चौका हिर्काईन् । सुमन श्रेष्ठले २८ बलमा १८ रन जोडिन् । दुई चौका उनको स्कोर कार्डमा चढ्यो ।

पोखरा क्रिकेट क्लबका बलर शिला रेग्मीले ५.१ ओभरमा ३३ रन खर्चिएर २ विकेट लिईन् । त्यस्तै कविता कुँवरले डली भट्टले ६ ओभरमा २८ रन दिदैं २ विकेट लिईन् । कविता कुँवरले ६ ओभरमा ३२ रन दिदैं २ विकेट लिदाँ रितु कोनोजियाले ६ ओभरमै २३ रन खर्चिएर १ विकेट आफनो नाममा राख्न सफल भईन् । प्लेयर अफ दि म्याचको पुरस्कार कविता कुँवर घोषित भईन् ।

मदिरा व्यवसायी संघ कास्कीका अध्यक्ष डिल्लाराम पनेरुले प्रतियोगिताको उदघाटन गरेका थिए । राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेशकुमार गुरुङ, नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य ऋषिराम गौतम, पोखरा महानगरपालिका वडा नं ३ का वडाध्यक्ष रविन्सन प्रजु, गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष देवेनसन प्रजु, पोखरा क्रिकेट क्लबका अध्यक्ष निकेश श्रेष्ठ लगायतले क्रिकेटको चर्चा गरेका थिए ।

प्रतियोगितामा विजयी हुने टिमले ट्रफि सहित प्रमाण पत्र पुरस्कार प्राप्त गर्नेछ भने उपविजेतालाई प्रमाणपत्र प्रदान गरिने छ । दुई खेलमा म्यान अफ द म्याच र सर्वोत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिने छ । पोखरा क्रिकेट क्लवका अध्यक्ष निकेश श्रेष्ठले प्रतियोगिताबाट पोखरामा क्रिकेटतर्फ आकर्षित महिला खेलाडीहरुलाई थप उर्जा प्राप्त हुने बताए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...