बिबेक र नर्मता ५ किलोमिटर दौडको विजेता

पोखरा,बैशाख ४ गते । १५ औं सस्करणको पोखरा म्याराथन अन्तर्गत पोखरामा शनिबार सम्पन्न ५ किलोमिटर छात्र÷छात्रा दौडमा बिबेक परियार र नर्मता गुरुङ विजेता बन्नुभएको छ ।

भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा सम्पन्न दौडमा छात्रतर्फ ज्ञान ज्योती इङलिस बोर्डिङ स्कूल माछापुच्छ्रे लाहाचोकमा अध्ययनरत कास्कीका बिबेक परियारले २१ मिनेट ५२.३० सेकेण्डमा निर्धारित दुरी पुरा गदै प्रथम हुनुभयो । त्यसै गरी पदमोदय मोडल सेकेण्डरी स्कुल दाङका छात्र गृष राना मगरले २२ मिनेट ०२. ५० सेकेण्डमा पुरा गर्दै दोश्रो भएका छन भने श्री ज्योती मावी नवलपरासीका आशिष पोखरेल २२ मिनेट २२.३० सेकेण्डमा पुरा गर्दै तेश्रो हुनुभयो ।

 

यसै गरी छात्रामा भानु मावी तनहुँमा अध्ययनरत नर्मता गुरुङ प्रथम हुनुभयो । उहाँले २८ मिनेट १०.१ सेकेण्डमा निर्धारित दुरी पुरा गर्नुभयो । दुवै विजेतलो नगद जनही १०–१० हजारका साथमा मेडल, प्रमाणपत्र र मायाँको चिनो प्राप्त गर्नुभयो ।

 

यता छात्रातर्फ पदमोदय मोडल सेकेण्डरी स्कुल दाङ घोराहीकी बन्दना चौधरीले ३० मिनेट १२.२० सेकेण्डमा पुरा गर्दै दोश्रो हुनुभयो भने उदय मावी धम्पुस माछापुच्छ्ेकी बिनु बिक ३१ मिनेट ४८.२० सेकेण्डमा दोड पुरा गर्दै तेश्रो हुनुभयो ।

 

प्रतियोगितामा दोश्रो र तेश्रो हुनेले धावकले क्रमश जनही नगद ७ र ४ हजार साथम मेडल, प्रमाण र मायाको चिनो प्राप्त गर्नुभयो ।बिजयी खेलाडीहरुलाई पोखरा महानगर पालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङ लगायतले नगद, मेडल, प्रमाणपत्र र मायाको चिनो वितरण गर्नुभयो ।

 

दौडमा सहभागी कान्छो उमेरका २ जना खेलाडीहरुलाई भुम्दीकोट समाजले प्रोत्सहान स्वरुप नगद १–१ हजार प्रदान गरेको छ । प्रतियोगितामा ७ वर्ष देखि १६ वर्ष उमेर समुहका खेलाडीहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...