मौजा विकास कोषको नवौं वार्षिकोत्सव तथा चौथो अधिवेशन

पोखरा, वैशाख ५ गते ।कास्कीको साविक मौजा गाविसमा शिक्षा र कृषिमा काम गर्दै आइरहेको मौजा विकास कोषको नवांै वार्षिकोत्सव तथा चौथो अधिवेशन सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा नम्बर २० को साविकको मौजा गाविस अन्तर्गतका गाउहरुमा शिक्षा र कृषिको क्षेत्रमा काम गर्दै आइरहेको मौजा विकास कोषको नवौं वार्षिकोत्सव तथा चौथो अधिवेशन शनिवार सम्पन्न भएको हो ।

वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै वडा नम्बर २० का अध्यक्ष सिम गुरुङले गुरुङले मौजा बिकास कोषले साविकको मौजालाई मात्र नभइ आगामी दिनमा वडा नम्बर २० का हरेक टोललाई समेत समेट्नेगरी आफ्नो कार्यक्षेत्रलाई दायरा फराकिलो बनाएर लैजानुपर्नेमा जोड दिए । विपन्न वर्गका किसान र विपन्न वर्गका विद्यार्थीहरुलाई सहयोग गर्दै आइरहेको कोषले अवका दिनमा निर्वाहमुखी खेती किसान छाडेर ब्यवशायीक कृषिमा किसानहरुलाई प्रेरित गर्ने काम गरेको खण्डमा आफुहरुले वडाको तर्फबाट समेत सहकार्य र सहयोग गरेर अगाडि वढ्ने समेत वडा अध्यक्ष गुरुङले प्रतिवद्धता समेत ब्यक्त गरे ।

त्यस्तै मौजा बिकास कोषका संस्थापक अध्यक्ष जुम गुरुङले तत्कालिन समयमा मौजा गाविस हुदाको दिनमा मौजामा कुनैपनि विकास हुन नसक्दा आफुहरुले विभिन्न ब्याक्तिको सहयोगमा विदेशबाट समेत सहयोग जुटाइ मौजामा रहेको विपन्न वर्गका पछाडि परेकाहरुलाई माथी उठाउनका लागी संस्था सञ्चालन गरेर आजको दिन सम्म आइपुग्दा केही मात्रामा परिवर्तन आउन थालेको वताए । तत्कालिन समयमा मौजामा कुनै किसिमको बिकास हुन नसक्दा आफुले संस्थाको परिकल्पना गरेर विपन्न वर्गका मानिसहरुलाई समेटेर आजको दिन सम्म आइपुग्दा मौजाका विपन्न परिवारका केही ब्याक्तिहरुले राहत पाउदा आफु निकै खुसी रहेको र आगामी दिनमा यसलाई मौजामा मात्र नभइ वडालाईनै समेटेर कार्यक्रमहरु आयोजना गर्ने उनको भनाइ रहेको थियो ।

सो अवसरमा उत्कृष्ट काम गर्ने शिक्षक, विद्यार्थी र कृषकलाई समेत सम्मान गरिएको थियो । मौजा बिकास कोषले सक्रिय शिक्षकको रुपमा साविक मौजाको हिमालय माविका शिक्षिका देवी कुमारी थापा, भलाम आधारभुत विद्यालयका शिक्षक कुल प्रसाद पौडेल , विद्यार्थीहरु तर्फ मौजाका सञ्जीता बिक हिमालय मावि र समिर भुजेल महेन्द्र मावि र कृषक तर्फ भलामका राम बहादुर हमाल र पोखरा २० कुरा गाउका प्रितम कुमारी गुरुङलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा पोखरा २० का वडा सदस्य भिम प्रसाद बास्तोला , वडा सदस्य लक्ष्मी सुवेदी, वडा सदस्य मोति प्रसाद पौडेल, स्थानिय दुर्गा बहादुर गुरुङ लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । संस्थाका अध्यक्ष ओम कुमारी गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका सचिव कृष्ण पोख्रेलले स्वागत मन्तब्य राखेका थिएभने कार्यक्रमको सञ्चालन संस्थाका सहसचिव तथा हिमालय माविका प्रध्यानाध्यापक मनिराज परियारले गरेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...