नवलपरासीको दाउन्नेमा बस दुर्घटना, ३ जनाको मृत्यु

कावासोती , बैशाख ५ गते । पूर्वी नवलपरासीको दाउन्नेमा शनिबार साँझ भएको यात्रु बहाक बस दुर्घटनामा परि गम्भिर घाईते भएका ३ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ईलाम निवासी २५ वर्षकी धनु दर्लामी , मकवानपुर बकाया स्थायी घर भई हाल दाउन्ने स्थित बौद्ध गुम्बामा बस्ने ५७ वर्षका ज्यामो हिसे छमो ग्याल्मो र चितवन भरतपुर महानगरपालिका निवासी ७२ वर्षका हिमलाल न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वको डिएसपी दिलिप कुमार गिरीले दिनुभएको छ । तीन जनाकै उपचारको क्रममा गएराति मृत्यु भएको उहाँले बताउनुभयो । बसमा सवार ३१ जना घाईते भएका थिए , जसमध्ये ५ जनाको अवस्था गम्भिर थियो ।

शनिबार साँझ पूर्वपश्चिम राजमार्ग अन्र्तगत बिनयी त्रिवेणी गाउँपालिका दुई स्थित दाउन्नेमा यात्रु बहाक बस अयिन्त्रीत हुन पुग्दा सडकबाट अन्दाजी दुई सय मिटर तल खसेको हो । बुटवलबाट नारायणगढ तर्फ आउदै गरेको ना ५ ख ७००० नम्बर बस दाउन्ने बजार देखि ५० मिटर पूर्व सडकबाट भिरमा खसेको हो । अन्य घाईतेहरुको उपचार भईरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...