पछिल्लो चौबीस घण्टामा एकहजार १५ जना सङ्क्रमित

काठमाडौं, वैशाख ५ गते । नेपालमा कोरोनाभाइरसका एकहजार १५ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा पाँच हजार ८४ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा एकहजार १५ जना कोभिडबाट सङ्क्रमित भएको पहिचान गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ८४ हजार ७४२ पुगेको जनाएको छ । पछिल्लो चौबीस घण्टामा २२६ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म दुई लाख ७५ हजार तीनसय जना सङ्क्रमित निको भएका छन् ।

 

मन्त्रालयका अनुसार नेपालमा हाल छ हजार २९० जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । ८५ जना हाल क्वारेन्टिनमा छन् ।मन्त्रालयले एन्टीजेन विधिबाट गरिएको परीक्षणमा ८१ जनामा पोजिटिभ परिणाम पाइएको उल्लेख गरेको छ । ६९९ जनाको एन्टीजेन परीक्षण गरिएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...