भाषा संघ नेपालको आयोजनामा जापानी भाषा वक्तृत्वकला प्रतियोगिता हुने

पोखरा, बैशाख ५ गते । पोखरामा जापानी भाषा वक्तृत्वकला प्रतियोगिता आयोजना हुने भएको छ । भाषा संघ नेपालको आयोजनामा बैशाख ९ गते वक्तृत्वकला हुने भएको हो । प्रतियोगितामा १९ जनाले प्रतिस्पर्धा गर्ने आयोजक भाषा संघ नेपालले आइतबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो ।

प्रतियोगितामा सहभागीले जापानी भाषामा आफना भनाईहरु पाँच मिनेटमा राख्न भाषा संघ नेपालका अध्यक्ष प्रकाशकुमार श्रेष्ठले जानकारी दिनुभयो । जापानी राजदुतावास काठमाडौ र जापान फाउण्डेसन जापानको सहयोगमा पोखराको विरौटास्थित होलट ग्राण्डमा प्रतियोगिता आयोजना हुने संयोजक विक्रम उदासले जानकारी दिनुभयो ।

 

वक्तृत्वकला प्रतियोगिताको प्रथमले ३० हजार, द्धितियले २० हजार र तृतियले १० हजार सहित विभिन्न उपहार प्राप्त गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगिताको निर्णायक मण्डलमा तीन जना रहने छन भने त्यसमा दुई जना जापानी नागरिक र एक जना नेपाली नागरिक रहने भाषा संघ नेपालका महासचिव मोतिप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । भाषा संघ नेपालमा कास्की जिल्लामा रहेका नेपाल शिक्षा तथा बिज्ञान प्रविधि मन्त्रालयको मापदण्ड पुरा गरेर खुलेका ४१ वटा परामर्श तथा जापानी भाषा प्रशिक्षण संघसंस्था आवद्ध रहेको भाषा संघ नेपालका निर्वतमान अध्यक्ष युवराज खनालले जानकारी दिनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...