मेइकूले दियो पोखरालाई ३५ हजार थान मास्क

पोखरा,  वैशाख ५– नेपालमा जापानी भाषा सिकाइरहेको जापानिज संस्था मेइकूले पोखरा महानगरलाई ३५ हजार थान ‘डिस्पोजेबल’ मास्क सहयोग गरेको छ । आइतबार पोखरा महानगरमा एक कार्यक्रम आयोजना गरी संस्थाका अध्यक्ष योगो आदाचीले नगर प्रमुख मानबहादुर जिसी र उपप्रमुख मञ्जुदेवी गुरुङलाई मास्क हस्तान्तरण गरेका हुन् ।


मास्क हस्तान्तरण कार्यक्रममा मेयर जिसीले जापान र पोखराको सम्बन्ध अटूट रहेको र अझै सौहार्दपूर्ण तरिकाले अघि बढाउने चाहना भएको सुनाए । उनले विश्वभरि नै महामारीका रुपमा फैलिएको कोरोना सबैले एकआपसमा सहयोग गरे न्यूनीकरण गर्न सकिने बताए ।‘जापानको कोमागाने सिटी हाम्रो भगिनी सहर भएर पनि जापानसँग छुट्टै सम्बन्ध छ,’ मेयर जिसीले भने, ‘विश्वलाई नै थकित बनाउने गरी फैलिएको यो महामारी रोक्न हाम्ी सबैले यसरी नै एकले अर्कालाई सहयोग गरे न्यूनीकरण गर्न सकिन्छ ।’

सहयोगी संस्था मेइकू अध्यक्ष आदाचीले पोखरा जापानिजका लागि पनि सुन्दर सहर भएको र सहयोग गर्न पाउँदा खुसी लागेको बताए । ‘पोखरा मेरोमात्रै होइन, सबै जापानीको मन पर्ने सहर हो । यस्तो सिचुयसनमा सहयोग गर्न पाउँदा अत्यन्तै खुसी छु,’ उनले भने, ‘नेपालमा डिस्पोजेबल मास्क पनि रियुज गरिरहेको पाएँ । त्यसो नहोस् भन्न पनि सहयोग गरेका हौं ।’

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...