आदर्श सञ्चारद्वारा महासंघमा नवनिर्वाचित पत्रकारलाई बधाई

बागलुङ, बैशाख ५ गते । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले आईतबार नेपाल पत्रकार महासंघ बागलुङका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा अन्र्तक्रिया कार्याक्रम सम्पन्न गरेको छ ।


कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ बागलुङका नवनिर्वाचित अध्यक्ष नरेश कंडेलले आदर्श सञ्चार सहकारीसंग महासंघ सधै समन्य र सहकार्य गरेर अगाडि बढ्ने बताउनु भयो । उहाँले आदर्श सञ्चार सहकारीले पत्रकारहरु उत्पादन मान नगरेर पत्रकारलाई आर्थिक रुपमा सबल बनाउन समेत मद्दत गरेको बताउनु भयो । जिल्लामा रहेका क्रियमाशील पत्रकारलाई प्रविधि मैत्री पत्रकार बनाउनका लागी आगामी दिनमा महासंघले महत्वपुर्ण भुमीका खेल्ने कंडेलले जानाकारी दिनुभएको थियो ।

कार्याक्रममा आदर्श सञ्चार सहकारीका सम्पादक राम बहादुर जिसीले संस्थाको गतिबिधी भाबी, योजना, २०८० साल सम्मको लक्ष्यको बिषयमा जानकारी गराउन भएको थियो । उहाँले यो आर्थिक वर्षमा स्वास्थ्य, प्रर्याटन र कृषीको विषयलाई आदर्शले बढी जोडदिने बताउनु भयो । जिसीले जिल्लामा क्रियाशिल पत्रकारहरुलाई संञ्चारका सामाग्रीहरु खरिद गर्नका लागी सहकारीले सहुलियतमा ऋण उपलब्ध गराउने समेत जानकारी गराउनु भयो ।

कार्यक्रममा नवनिर्वाचित जिल्ला पदाधिकारी तथा सदस्य, प्रदेश सदस्य, प्रदेश परिषद सदस्य र केन्द्रीय परिषद सदस्यलाई अबिर र खादा लगाएर सम्मान गरिएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष हुमाकुमारी जि.सी (अन्जु) को अध्यक्षयता, उपाध्यक्ष अनन्त बहादुर खड्काको स्वागत र प्रवन्धक दिपकराज साप्कोटाको संचालनमा कार्याक्रम सम्पन्न भएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...