वाराही सहकारीको शुभकामना आदन प्रदान एवं भित्तेपात्रो विमोचन

पोखरा, वैशाख ६ गते । पोखरा १७ स्थित बिरौटामा रहेको बाराही बचत तथा ऋण सहकारी संस्थाले नव बर्षको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सहितं भित्तेपात्रो विमोचन गरेको छ ।


संस्थाका अध्यक्ष महेन्द्र कुमार श्रेष्ठ, निवर्तमान अध्यक्ष तथा सल्लाहकार दुर्गा बहादुर गुरूङ र सल्लाहकार बाबुराम बरालबाट संयुक्त रूपमा नयाँ बर्षको भित्तेपात्रो विमोचन गर्नु भएको हो । कार्यक्रममा उपाध्यक्ष दिनबन्धु गौतमले स्वागत्, लेखा संयोजक प्रेमनारायण अधिकारी, निवर्तमान अध्यक्ष तथा सल्लाहकार दुर्गा बहादुर गुरूङ र सल्लाहकारहरू बाबुराम बराल,प्रकाश चन्द्र गुरूङ,गोबिन्द कुमार श्रेष्ठ मुकुन्द राज अर्याल र संचालक धर्मदत्त तिमिल्सिना लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो । संस्थाका अध्यक्ष महेन्द्रकुमार श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कास्की जिल्ला कार्यक्षेत्र भै “छरिएर रहेको पूँजि संचय गरि आर्थिक उन्नति गरौं “ भन्ने मुल नारा लिई, २०५६ मा स्थापना भएको यस बाराही बचत तथा ऋण सहकारीमा हाल ७ सय २६ जना सेयर सदस्यहरू रहेको व्यबस्थापक नारायण पहारीले बताउनु भयो । संस्थाको सेयरपूँजि ६ करोड २४ लाख ६३ हजार रहेको उहाँले बताउनु भयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...