लुम्बिनी प्रदेशमा : मुख्यमन्त्री पोखरेललाई जसपाको साथ, आजै चार मन्त्रीको शपथ

काठमाडौं, बैशाख ६ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलबिरुद्ध अबिश्वसको प्रस्ताव दर्ता भएकै दिन पासा पल्टिएको छ । मुख्यमन्त्री पोखरेललाई जनता समावजादी पार्टी (जसपा) ले साथ दिएपछि माओवादी नेतृत्वका भएको अबिश्वासको प्रस्ताव तुहिने प्रष्ट भएको हो ।

सहमतिसँगै मुख्यमन्त्री पोखरेलले आजै दिउसो ४ बजे जसपाका तीन जना मन्त्री र एक राज्यमन्त्री नियुक्त गरी शपथ गराउनु हुने भएको छ ।मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अबिश्वास प्रस्ताव दर्ता गरेको दुइघण्टा नबित्दै जनता समाजवादी पार्टीका सांसदहरु पोखरेल नेतृत्वकै सरकारमा सहभागी हुने निर्णयमा पुग्नुभएको हो ।

 

माओवादी केन्द्रका दुइजना मन्त्रीले राजिनामा दिएपछि रिक्त रहेका आन्तरिक मामिला तथा कानुन मन्त्रालय र सामाजिक बिकास मन्त्रालय संगै अन्य दुई मन्त्रालयमा नयाँ मन्त्री नियुक्ति गर्न लाग्नुभएको हो । लुम्विनी प्रदेश सरकारले सामाजिक बिकास मन्त्रालय बिभाजन गरेर अरु २ मन्त्रालय बनाउने तयारी गरी रहेको छ ।

 

नियुक्त हुने मन्त्रीहरुको आज ४ बजे शपथ ग्रहण गराउने तयारी अघि बढेको मुख्यमन्त्री पोखरेलका प्रेस सल्लाहकार शेरबहादुर केसीले जनताटाइम्सलाई जानकारी दिनुभयो । स्रोतका अनुसार अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका जसपाका साम्सदहरु बिजय यादव सन्तोष पाण्डे र कल्पना पाण्डे र सुमन रायमाझी मन्त्री बन्ने टुंगो लागि सकेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...