एमाले बैठक शुरू, अरुका एजेण्डा बोकेर आउनेलाई स्थान नदिइने अध्यक्ष ओलीको प्रष्टोक्ति

काठमाडौं, बैशाख ६/नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई क्षतिपुग्ने गरी अरुका एजेण्डा लिएर आउनेलाई स्थान नरहेको घोषणा गर्नुभएको छ । केन्द्रीय महाधिवेशन आयोजक कमिटीको बैठकलाई बालुवाटारमा सम्बोधन गर्दै उहाले अरुका एजेण्डा बोक्नेलाई पार्टीमा स्थान नदिइने बताउनु भएको हो ।

निलम्बित नेता माधवकुमार नेपाल पक्षले खुलेर माओवादी केन्द्रको एजेण्डा बोकेर माओवादीलाई नै मतदान गरिरहेका बेला उहाको भनाई बाहिर आएको हो । बैठकको अध्यक्षता गर्दै पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले पार्टीभित्र अरुका एजेण्डा बोकेर आउनेहरूलाई कुनै स्थान नरहेको बताउनु भएको एक नेताले जानकारी दिनुभयो । उहाका अनुसार व्यक्तिगतरूपमा हरेक सदस्यलाई उचित जिम्मेवारी दिइने बताउनु भयो ।

बैठकको शुरूमै अध्यक्षको सम्बोधन चलिरहेको र त्यसपछि महासचिव ईश्वर पोखरेलले सांगठानिक प्रतिवेदन पेस गर्नुहुनेछ । बैठकमा यसअघि सहभागी नभएका माधव नेपाल पक्षधर केन्द्रीय सदस्य सोम मिश्र र विष्णु रिजाल पनि सहभागी हुनु भएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...