माधव नेपालसहित २० जनामाथि थप कारवाही हुने,२ दिने स्पष्टीकरण माग

काठमाडौ । नेकपा एमालेले माधव नेपालसहितका केन्द्रका चार निलम्बित नेता र प्रकाश ज्वाला लगायत कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने ५ जनालाई अन्तिम चेतावनीसहितको स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

सोमवार बसेको केन्द्रीय कमिटी बैठकले प्रकाश ज्वालासहितका सांसद र ‘फ्लोर क्रस’ गर्न लगाउने थप २० जनालाई २ दिनको समयसीमासहित अन्तिम स्पष्टीकरण सोध्ने निर्णय गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।अन्तिम चेतावनीपूर्वक स्पष्टीकरण सोधिनेहरूमा भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे साथै प्रकाश ज्वालासहित ५ जना लगायत छन् ।

 

उनीहरूले चित्तबुझ्दो स्पष्टीकरण नदिएमा १० गतेको बैठकले कारवाही गर्ने बताइएको छ । कानूनबमोजिम मनासिव माफिकको सफाइ पेस गर्ने मौका दिनका लागि २ दिनको अन्तिम चेतावनीसहितको स्पष्टीकरण मागिएको एक नेताले बताए । त्यसपछि माधव नेपालसहितका नेताहरूमाथि थप कडा कारवाही हुने अध्यक्ष ओलीले बताएका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...